भगवान् को असल काम

एउटा किसान आफ्नो गधालाई हाँक्दै खरबुजाको फाँटमा पुग्यो । थकित र तिर्खाले व्याकुल भई ऊ नजिकैको एउटा ओखरको बोटमुनि थकाइ मार्न बस्योे । ऊ ठूलठूला खरबुजाका लहराहरु हेर्दै रमाउन थाल्यो  । ओखरको बोटमाथि पनि केहि ओखरहरु झुन्डिराखेका देख्यो ।

भगवान्को काम देखेर ऊ जिल्ल पर्यो– यति साना ओेखरहरु यत्रो अजङको रुखमा, अनि यत्रो ठूलो खरबुजा सानो लहरामा फलिरहेका ! छक्क परिरहेको किसान सोचि नै रहेको थियो कि उसको टाउकोमा रुखको एउटा ओखर ट्याङ्ग खस्यो । उसले आफ्ना हातहरु माथि आकाशतिर पसार्दै धन्यवादको स्वरमा भन्यो ‘‘ ए सर्वशत्तिमान् ईश्वर ! ठूलो रुखमा खरबुजा फल्न नदिनुको चलाखी बल्ल पो थाहा भयो नत्र त आज म मर्ने रहेछु ।’’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..