मास्क लगाएर अस्पताल पुगे बामदेव गौतम

मास्क लगाएर अस्पताल पुगे बामदेव गौतम 1

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका उपाध्यक्ष वामदेव गौतम महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि गौतमले ओलीको स्वास्थ्य स्थिर रहेको बताए। उनले भने,‘ मैले चिकित्सकहरुसँग बुझे । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । बाँकी चिकित्सकहरुले भन्नुहोला।’

प्रधानमन्त्रीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुले उनी जोखिममुक्त नभएको र स्वास्थ्य अवस्था राम्रो भएमा आगामी एक सातापछि उनलाई ‘डिस्चार्ज’ गरिने बताएका छन्।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..