‘चपली हाइट ३’ को टिजर सार्वजनिक (भिडियो)

चपली हाइट ३

फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ । चैत २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको टिजर आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

सस्पेन्स थ्रीलर टिजरमा स्वस्तिमा खड्का, अर्पण थापा, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अमिर गौतम लगायतका कलाकारलाई देखाइएको छ ।
टिजरले फिल्म कस्तो होला भन्ने कौतहुलता पैदा गर्छ ।

अर्जुन कुमारले निर्माण गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

अष्ट महर्जनको एक्सन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ भने जीवन भट्टराई, दीपाश्री निरौला, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला, महेश त्रिपाठी लगायतका कलाकारको समेत अभिनय छ ।

आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..