कोरोना कल सेन्टर ११ जना कर्मचारी : १११५ मा २४ सै घन्टा निशुल्क फोन

कोरोना कल सेन्टर ११ जना कर्मचारी : १११५ मा २४ सै घन्टा निशुल्क फोन 1

काठमाण्डौ । कोरोनाको संक्रमण भएको शंका लागेमा वा यसका बारेमा केही जानकारी चाहिएमा १११५ मा फोन गरेर बुझ्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना नियन्त्रण सम्बन्धि गरेको अन्र्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिएका हुन् ।

महाशाखाले शुक्रबार बिहान ११ बजेदेखि सेवा सुचारु हुने बताएको छ । सेवा २४ सैं घन्टा हुनेछ।

‘कल सेन्टर सञ्चालन गर्नका लागि ११ जना कर्मचारीलाई तालिम दिएका छौं’, डा.पाण्डेले भने, ‘उहाँहरूले महामारीको समयमा कुन अस्पताल जाने, कसरी बच्ने, के कुरा खानेलगायत विषयमा जानकारी दिनुहुन्छ।’ यो नम्बरमा फोन गर्दा पैसा भने लाग्दैन।

मन्त्रलयका अनुसार हालसम्म ४सय ५०जनालाई जाँच गरिएकोमा एकजनालाई मात्रै पोजेटिभ देखिएको थियो। ती पनि निको भइसकेको मन्त्रालयले जनाएको छ।

अहिले आइसोलेसनमा ६ जना बिरामी रहेको मन्त्रालयले जनाएको छ । ४ जना टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र २ जना पाटन अस्पतालमा रहेका छन् ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..