संसारमा निर्दयीहरु कति प्रकारका हुन्छन् ? सफलताका लागि निर्दयी बन्नैपर्छ ?

सामान्यतः सबैले भन्ने गर्दछन् कि जमाना संवेदनहीन छ । तपाईले पनि आफ्नो वरपर यस्तै व्यक्ति सफल भएको देख्नु भएको होला, जो संवेदनहीन, निर्दयी र मनहीन छन् । चलचित्रहरुमा पनि भिलेनसँगै मात्रै सम्पत्ति र सुखसुविधा भएको देखाइने गर्दछ ।

यो सबै देखेर तपालाई पनि जीवनमा सफलता पाउनका लागि निर्दयी र अहंकारी नै हुनुपर्छ भन्ने त लाग्दैन ? ठिक छ, त्यसो हो भने यो प्रश्नको उत्तर खोज्ने कोशिस गरौ ।

सुरुमा त स्पष्ट हौ कि निर्दयी मानिस कति प्रकारका हुन्छन् । मनोवैज्ञानिकहरुले धेरै शोधपछि यस्ता मानिस तीन प्रकारको हुने तथ्य फेला पारेका छन् ।

पहिलो अहंकारी जसलाई अंग्रेजीमा ‘नार्सिसिस्ट’ भनिन्छ । यस्ता मानिस स्वयममा हराउने गर्दछन् । आफूलाई मात्र सबैभन्दा उत्कृष्ट ठान्दछन् । अरु कसैलाई केही पनि ठान्दैनन् ।

दोस्रो मनोरोगी, यस्ता मानिस अरुको भावनाको कुनै ख्यालै गर्दैनन् । यस्ता मानिसहरु बिना सोचविचारै नगरी निर्णय लिने गर्दछन् । अरुलाई क्रुर र निकृष्ट व्यवहार गर्दछन् ।

हृदयविहीन मानिसको सबैभन्दा खतरनाक प्रकार हो धुर्त । मनोवैज्ञनिकहरुले यस्ता मानिसलाई अंग्रेजीमा ‘मैकियाभेलियन’ भन्ने गरेका छन् ।
यो शब्द इटलीको चर्चित पोलिटिकल साइन्टिस्ट मैकियाभेलीको नाममा राखिएको हो । मैकियाभेली, राजनीतिमा धुर्तता र दोहोरो चरित्र प्रदर्शन विचारका समर्थक थिए । यस्तै मैकियाभेलियन अर्थात धूर्त मानिस आफ्नो सफलताका लागि जेसुकै गर्न तयार हुन्छन् । अरुको भावनासँग खेल्छन्, दोहोरो चरित्रको सहारा लिन्छन् । समग्रमा यस्ता मानिसहरु आफ्नो सफलताका लागि कुनै पनि हद पार गर्न तयार रहन्छन् ।

वैज्ञानिकहरुले यी तीन गुणलाई ‘डार्क ट्रायड’ नाम दिएका छन् । कतिपय अवस्थामा यो तीन वटै गुण एकै व्यक्तिमा पनि देखिने गर्दछ । यस्ता व्यक्ति अहंकारी हुन्छन्, खोक्रो हुन्छन्, संवेदनहीन र दोहोरो चरित्रका हुन्छन् ।

उनीहरु सधैं षड्यन्त्र रच्न माहिर हुन्छन् । यस्ता मानिसलाई अरुको कुनै वास्ता हुँदैन । त्यसैले यस्ता दुर्गुण भएका व्यक्तिलाई मनोरोगी भन्दा फरक पर्दैन ।

तर, प्रश्न यसमध्ये पनि कुन प्रकारका निर्दयी हुनु तपाईका लागि सबैभन्दा दाभलायी होला ? पुरानो तरिकाअनुसार आमरुपमा ठुला कम्पनीका सीईओमा मनोरोगको लक्ष्ण पाइल्न्छ । अंग्रेजीमा यस्तालाई स्नेक्स इन सुट्स अर्थात सुटेटबुटेड सर्प भनिन्छ । यस्ता मानिस हृदयविहीन हुन्छन् । उनीहरुको व्यवहारमा विचित्रको अस्थिरता पनि हुने गर्दछ ।

तर कतिपय अवस्थामा कार्यालयहरुमा यसप्रकारको आवश्यकता पर्ने गर्दछ । किनभने यस्ता मानिसहरुले कडाईपूर्वक निर्णयहरु लागु गर्न सक्दछन् । यद्यपि पुरानो अनुभवबाट यो स्पष्ट छैन कि निर्दयीको बाँकी क्वालिटी भएका व्यक्ति वास्तविक जीवनमा कति सफल भएका छन् ।

स्वीटजरल्याण्डको बर्न युनिभर्सिटीका डेनियल स्पर्कले यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् । उनले जर्मनीमा करिब ८ सय जनामा अनलाइन सर्भे गरेका थिए । जसमा हरेक क्षेत्रमा काम गर्ने व्यक्ति संलग्न गराइएको थियो । उक्त सर्भेको नतिजा आश्चर्यजनक छ।

सबैभन्दा रोचक पक्ष त आमरुपमा सफल मानिने सुटेडबुटेड सर्पको क्याटेगोरीमा पर्ने व्यक्ति वा मनोरोगी आफ्नो करिअरमा त्यतिधेरै सफल देखिएनन्, जति सफल उनलाई पहिला ठानिएको थियो ।

उनीहरुको कमाई कम थियो, प्रगतिको सिढी चढ्नमा पनि उनीहरु पछाडि परेका थिए । उनीहरु आफ्नो कामबाट पूर्णरुपमा सन्तुष्ट थिएनन् ।
डेनियल स्पर्क भन्छन्–मनोरोगीहरुमा आफ्नो व्यवहारका कुनै नियन्त्रण हुँदैन, रिस्क लिने उनीहरुको सक्षमता कतिपय स्थानमा काम भने लाग्दछ ।

स्पर्कका अनुसार यस्ता व्यक्तिको सोचविचार नगरी काम गर्ने बानीले भविष्यमा हानिकारक समेत सावित हुन सक्दछ । उनीहरु आफ्नो मुडको उतारचढावको शिकार हुन्छन् र उनीहरुको मन काम गर्नमा लाग्दैन ।

मनोरोगीमाथि सर्भे गरेका डेनियल स्पर्कका अनुसार यदि कुनै मनोरोगी, बुद्धिमान छ भने उ आफ्नो कमजोरी नियन्त्रणमा लिन सक्दछ । उ जीवनमा सफल हुन सक्छ ।

निर्दयी व्यक्तिको डार्क ट्रायडमा मैकियाभेलियन्स अर्थात धुर्त र दोहोरो चरित्रका व्यक्ति बढी सफल हुन्छन् । उनीहरु तिब्रताका साथ प्रगतिको सिढी चढछन् ।

किनभने यदि तपाईले अरुको कामको जस लिनुभयो र त्यसमा आफ्नो नियन्त्रण कायम गर्नुभयो भने स्पष्ट छ तपाई अगाडि हुनु नै हुनेछ । तर, यदि सफलतालाई पैसासँग तुलना गर्ने हो भने धेरै मात्रामा आत्ममुग्ध अर्थात स्वयमलाई सबैभन्दा उत्कृष्ट ठान्ने व्यक्ति नार्सिसिस्ट अर्थात आफैमा हराइरहने व्यक्ति सबैमा बाजी मार्न सफल भए ।

डेनियल स्पर्कका अनुसार आत्ममुग्ध व्यक्ति अरुमा आफ्नो राम्रो प्रभाव जमाउन बढी सफल हुन्छन् । यस्ता मानिस मोलतोल पनि राम्रोसँग गर्दछन् । त्यसैले यस्ता मानिस कमाईको मामिलामा पनि अगाडि नै हुन्छन् ।

तर, यदि यस्ता मानिसको सफलता देखोर आफूभित्र पनि निर्दयीपन उत्पन्न गराउने चाहनुहुन्छ भने पख्सुन् । अलिकति सोचविचार गर्नुस् । किनभने डेनियल स्पर्कको सर्भेमा अर्को एउटा तथ्य पनि फेला परेको छ।

करिअरमा सफलता हासिल गर्ने व्यक्ति, पैसा कमाउने अगाडि देखिने व्यक्ति मनोरोगी वा आत्ममुग्ध व्यक्ति जीवनको अर्को पाटोमा पछाडि पर्दछन् ।

उनीहरुको सुरुवात भलै शानदार हुन्छ, उनीहरु असरदार, चमकदार देखिन्छन्, तर भविष्यमा उनीहरुको यही गुण मानिसलाई दिक्क लाग्ने हुन्छ ।

स्वयममा हराइरहने त्यस्ता व्यक्तिको बानीका कारण अरुबाट अलग हुन्छन् । र, उनीहरु एक्लै पर्छन् ।

यसरी नै मैकियाभेलियन्स अर्थात धूर्त व्यक्तिको चलाखी जब थाहा हुन्छ तब उसको दोहोरो चरित्र उजागर हुन्छ । यति प्रमाण काफी नभए तपाईलाई अर्को एउटा तथ्य पनि उल्लेख गरिहालौ ।

तपाईको इमान्दार बानीबाट तपाईको करिअर भलै अघि नबढोस्, भलै तपाईको प्रगतिको यात्रा सुस्त होस् । तर यति स्पष्ट ट कि इमान्दारिता प्रदर्शन गर्ने व्यक्ति बढी सुखी रहन्छन् । उनीहरुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

महत्वाकांक्षबाट तपाई प्रगतिको केही सिढी त पक्कै चढ्नु हुनेछ, तर वास्तविक सफलताका लागि तपाईभित्र जोश र बुद्धिमानी हुनु पनि आवश्यक छ। त्यसो भए तपाई के सोच्दै हुनुहुन्छ ? निर्दयी बन्ने कि हृदयवान ? बीबीसी हिन्दीबाट डेभिड रब्सनको आलेख भाव अनुवाद ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..