प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य

काठमाडौ । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ ।

फागुन २१ गते सुरु भएको अधिवेशनमा ११ वटा बैठक बसेर १५ घण्टा ३० मिनेट चलेर मंगलबार अन्त्य भएको हो । यहि अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभएको थियो ।

पहिलो अधिवेशनले तीनवटा अध्यादेश स्वीकृत गरेको छ ।

यसैबीच पहिलो अधिवेशनको अन्तिम बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो । यस अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो ।

शिक्षामन्त्री पोखरेलले अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै पास गर्न प्रस्ताव गर्नुभएको थियो । उक्त अध्यादेश निकै ठूलो बहस र छलफलपछि ल्याइएको बताउँदै मन्त्री पोखरेलले थप व्यवस्थित बनाउन सकिने विचार राख्नुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..