कोरोनाको त्रास पर्यटन क्षेत्रमा, सुविधा दिन व्यवसायीको माग

कोरोनाको त्रास पर्यटन क्षेत्रमा, सुविधा दिन व्यवसायीको माग 1

काठमाडौँ । नोभल कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिँदै गर्दा यसबाट सर्वसाधारण नागरिकदेखि व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।

पर्यटन व्यवसाय फस्टाउने र भ्रमण वर्ष सफल हुने अपेक्षामा सरकार अनि निजी क्षेत्र थियो । तर पर्यटन व्यवसायीले सरकारले आफूहरूलाई विशेष सहयोग गर्नुपर्ने पनि माग गरेका छन् । कोरोना भाइरसका कारण ग्राहक नआएपछि होटल व्यवसायीले बैँकबाट लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

होटल सङ्घमा आवद्ध भएकाले मासिक झन्डै दुई अर्बको नोक्सानी व्यहोर्नु परेको सङ्घका अध्यक्ष सिर्जना राणाले बताउनुभयो ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार सङ्घसँग तीन बर्गका एयरलाइन्स छन् । त्यसमध्येमा हेलिकोप्टर व्यवसायमा ९०, छोटो उडान स्टलमा ६० र ट्रङ्क रुटमा २० प्रतिशतसम्मको व्यवसाय घटेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नाफा भए पनि, नभए पनि सरकारलाई निश्चित कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण हालसम्म नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिमको सूचीमा नेपाललाई राखेको छ । त्यसयता पर्यटक नआएपछि व्यवसायी चिन्तित भएको सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार अधिकारीको भनाइ छ ।

अरु मुलुकमा कोरोनाको त्रास र प्रभावका कारण बैँकको ऋण चुक्ता गर्न तथा किस्ता बुझाउन बिभिन्न निर्णय भएका छन् । नेपालमा यस्तो अभ्यास नभए पनि कोरोनाका कारण परेको समस्याको जानकारी सरकारलाई गराउन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक, उपप्रधान तथा रक्षामन्त्री एवं ईश्वर पोखरेलले व्यवसायीसँग आग्रह गर्नुभयो ।

कोरोना भाइरसको त्रासले नेपालको उद्योग व्यवसाय प्रभावित भएको भन्दै निजी क्षेत्रले राहतको कार्यक्रम ल्याउन यसअघि नै सरकारसँग माग गरिसकेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..