उपचार गर्न जाँदा जाँदै बाटैमा ज्यान लियो टिपरले आमाछोरीको : पनौती क्षेत्र तनावग्रस्त

उपचार गर्न जाँदा जाँदै बाटैमा ज्यान लियो टिपरले आमाछोरीको : पनौती क्षेत्र तनावग्रस्त 1

रोकीएन टिपर आतंक
काठमाडौं । काभ्रेको पनौती क्षेत्र सोमबार साँझबाट तनावग्रस्त छ । बा।५ख ५४८० नम्बरको टिपरको ठक्करबाट सडक पेटीमा हिँडिरहेका २६ वर्षीया जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरी स्मारिकाको घटनास्थलमै ज्यान गएपछि स्थिति तनावपूर्ण बनेको हो ।  पनौती आसपासका क्षेत्रमा मंगलबार (आज) बिहान ९ बजेदेखि भने स्थानीय प्रशासनले कर्फ्यु लगाइएको छ ।

पीडितका आफन्तले साँझै प्रदर्शन चर्काए । प्रदर्शन चर्किंदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपर्यो । प्रदर्शनका क्रममा प्रहरीसहित केही स्थानीय घाइते भए ।

उपचारका लागि अस्पतालतर्फ जाँदै गरेका आमाछोरी सडक पेटीमा हिँडिरहेका बेला टिपरले ठक्कर दिएको थियो ।

खानीखोला गाउँपालिका १ मा रहेको एक एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी जुनीमाया आफ्नो उपचारका लागि साथमै छोरी पनि लिएर आएकी थिइन् । उपचार त के आफूसँगै ३ वर्षीया छोरीको पनि दुर्घटनामा ज्यान गयो ।

जुनीमायाका पति वैदेशिक रोजगारीमा छन् । कर्फ्यु पछि पनौती क्षेत्रमा प्रदर्शन रोकिएको छ । प्रहरीका अनुसार टिपर सहीत रोशी गाउँपालिका ६ का टिपर चालक नवराज थापा प्रहरी हिरासतमा छन् ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..