जापानमा १९ जना अपांगको हत्या गर्ने यूवकलाई मृत्युदण्ड : भने ‘म हिटलरको फ्यान हुं !’

जापानमा १९ जना अपांगको हत्या गर्ने यूवकलाई मृत्युदण्ड : भने 'म हिटलरको फ्यान हुं !' 1

एजेन्सी । जापानको एउटा अदालतले ३० वर्षीय एक यूवकलाई मृत्युदण्डको सजाय सुनाएको छ । ति यूवकले सन् २०१६ मा अपांग केयर सेन्टरमा आश्रीत १९ जना अपांग मानीसहरुको हत्या गरेका थिए ।

उनले ति अपांग मानीसहरुलाई चक्कु जस्तो चिजले क्षतविक्षत हुने गरी प्रहार गरेका थिए । सबैको एकैपटक दर्दनाक हत्या भएको थियो ।

सातोसी उमात्सु नाम गरेका ति हत्याराले आफूले जापानलाई अपांगता र मस्तीष्क पक्षघात भएका मानीसहरुबाट मूक्त गर्न हत्या गर्नुपरेको बताएका छन् ।
उनले अदालतमा आफूं हिटलरको ठुलै पक्षधर भएको पनि जिकीर गरेका छन् ।

हत्याराको बचाउको लागी लडीरहेका वकीलहरुले उमात्सु आफै मानशीक रुपमा ग्रस्त भएका हुनाले उनको मृत्यूको सजाय कम गर्न आग्रह गरेपनि न्यायधीसले स्वीकार गरेनन् ।

जापानमा मृत्यूदण्ड आम मानीसहरुले स्वीकार गर्न सकिरहेका छैनन् । तर न्यायधीसहरुका अनुसार यसभन्दा अगाडी यस्तो घिनलाग्दो तवरले जापानमा कसैले हत्या गरेको थिएन् ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..