अनैतिक सम्बन्ध बारे बताईदिने भनेपछि देवरद्धारा भाउजूको हत्या प्रयास

अनैतिक सम्बन्ध बारे बताईदिने भनेपछि देवरद्धारा भाउजूको हत्या प्रयास 1

रौतहट । रौतहटमा अनैतिक सम्बन्धका कारण देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलनको आयोजना गरि उक्त रहस्यको खुलासा गरेको हो ।

पत्रकार सम्मेलनमा सोही अभियोगमा पक्राउ परेका अभियुक्त राजुकुमार सहनिलाई प्रहरीले सार्वजनिक गरेको छ । सहनीले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनीमाथि धारिलो हतियार ९खुकुरी० प्रहार गरि हत्याको प्रयास गरेको डिएसपी ज्ञानकुमार महतोले बताएका छन् । हाल घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ । घाइते पुनमको टाउकोको अप्रेशन गर्नुपर्ने डाक्टरले जानकारी दिनुभएको डिएसपी महतोले जानकारी दिए । आरोपी राजु सहनीउपर ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको डिएसपी महतोले बताए ।

कसरी भयो घटना ?
सोमबार राती पुनम सहनी छोरीसहित आफ्नो घरमा सुतिरहेकी थिइन् । पुनम सुतिरहेको अवस्थामा बिहान ४ बजे अज्ञात ब्यक्ति घरभित्र प्रवेश गरे । एकाबिहानै घरभित्र प्रवेश गरेका उनले पुनममाथि धारिलो हतियार (खुकुरी) प्रहार गरेर घाइते मात्र बनाएनन् केही सामान लुटपाट गरेर भाग्न सफल भएको थियो । घाइते पुनमको सुरुमा सुकदेवचौकस्थित निजि अस्पतालमा उपचार भयो तर त्यहाँ उपचार सम्भव नहुने देखिएपछि उनलाई वीरगञ्ज रिफर गरिएको छ । घटनाको सूचना पाएर ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी महतो नेतृत्वमा गएको टोलीले घटनास्थलमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धान रिपोर्ट सुनाउँदै प्रहरीले भनेको छः ‘अनुसन्धानको क्रममा घाइते पुनमको घरदेखी झन्डै १०० मिटर टाढा बाँसको मचानमा राजुसहित पुनमका चारजना देवरहरु सुतिरहेका थिए । प्रहरीले मचानको तलासी गर्दा राजुको सिरानी छेउमा रगतको टाटा देखिएको र परालमुनी २ वटा ठुलो खुकुरी बरामद गरेको छ ।’

लगतै प्रहरीले राजुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरायसी बिवादका कारण हतियार प्रहार गरेको स्वीकार गरेका छन् । प्रहरीले स्रोतलाई उदृत गर्दै अभियुक्त राजु सहनीको लामोसमय देखि कान्छी भाउजुसँग अनैतिक सम्बन्ध रहदै आएको जनाएको छ ।

केहिदिन अघि जेठी भाउजू पुनमले सोबारे थाहा पाएर सासू ससुरा र उसको श्रीमानलाई अनैतिक सम्बन्ध बारे बताईदिने भनी देवर राजुलाई थर्काएकी थिईन् । सोही सम्बन्ध बाहिर आउने डरले राजुले भाउजू पुनमको हत्या गर्ने प्रयास गरेको स्रोतको दाबी छ । डिएसपी महतोले घटनामा अभियुक्त राजुको कान्छी भाउजूको समेत हात हुनसक्ने भएको र घटना अनुसन्धानकै क्रममा भएकोले अहिले केही भन्न नसकिने बताए ।
-रातोपाटी

loading...
Loading...

Leave a Reply

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..

%d bloggers like this: