स्पेनका फुटबल प्रशिक्षक गार्सियाको कोरोनाले ज्यान लियो

स्पेनका फुटबल प्रशिक्षक गार्सियाको कोरोनाले ज्यान लियो 1

म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस (कोभिड–१९०)को संक्रमणबाट सोमबार मृत्यु भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै रक्तअल्पताबाट ग्रसित रहेको चिकित्सकले जानकारी दिएका छन् ।

रक्तअल्पताका रोगी नभएको भए उनलाई बचाउन सकिने कुरा पनि चिकित्सकले जनाएका छन् । उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको संक्रमण भएको उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । मालागा क्षेत्रमा कोरोनाबाट संक्रमित हुने उनी पाँचौ र युवामध्येबाट पहिलो व्यक्ति हुन् ।

गार्सिया सन् २०१६ बाट ‘एट्लेटिको पार्ताडा अल्टा’ मा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए ।

loading...
Loading...

Leave a Reply

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..

%d bloggers like this: