बाच्ने सहारा नै गुमाएपछि पत्नी वियोगमा मदनकृष्ण सम्हालिन सकेनन्

काठमाडौं: जिन्दगीका हरेक क्षणहरु खुसीको लागि मात्रै हुँदैनन् केहि क्षणहरु दुखका पनि हुन्छन हो त्यस्तै दुखको पल आएकोछ सबैलाई हसाउने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको लागि । जिन्दगीमा धेरै उतारचढाव भोगका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यतिबेला आफ्नो जिन्दगीको महत्वपूर्ण मान्छे गुमाएका छन् ।

उनकी पत्नी यशोदाको सोमबार राति उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको सोमबार राति उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्ज सेन्टरमा अस्पतालमा निधन भएको हो।

सधै अरुलाई हसाउनमै व्यस्त देखिने श्रेष्ठ यतिबेला पत्नीको शोकमा परेका छन। पत्नी यशोदाको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

हेर्नुस भिडियो :

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..