कोरोना भाइरस: सरकारले जनतामाथि खेलबाड गरी ढाँट्यो – डा. सुन्दरमणि दीक्षित

कोरोना भाइरस: सरकारले जनतामाथि खेलबाड गरी ढाँट्यो - डा. सुन्दरमणि दीक्षित 1

कोरोना भाइरस: सरकारले जनतामाथि खेलबाड गरी ढाँट्यो - डा. सुन्दरमणि दीक्षित 2
काठमाडौं । सरकारले शंकास्पद व्यक्तिमाथि कोरोना भाइरसको परीक्षण नै नगरेको आरोप लागेको छ। त्यस्तै सरकारले भित्री रुपमा आन्तरिक सर्कुलर जारी गरी कोरोनोको विरामीको बारेमा बाहिर नल्याउन समेत भनेको जानकारी प्राप्त भएको छ । सरकारले कोरोना सङ्क्रमण नभएको भन्दै जनतामाथि खेलबाड गरी ढाँटेको वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले खुलासा गरेका छन् । नेपालका हस्पिटलमा किटबाट भीभीआइपीको मात्र परिक्षण गरिएको र अन्य शंकास्पद व्यक्तिमा परिक्षण नै नगरेको आरोप लगाएका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले यस्तो बताएका छन् ।

कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित संवाद चौतारीले गरेको साक्षत्कारमा बोल्दै उनले भएका केही किटबाट भीभीआइपीको मात्र परीक्षण गरिरहेको आरोप लगाए ।

डा. दीक्षित भन्छन् भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाए।

‘जनतालाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन एउटालाई मात्रै देखिएको थियो नेपालमा त कोरोना भाइरस छँदैछैन टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ तरु’ उनले भने। उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको समेत दाबी गरे।

सरकारसँग भएका केही किटहरु भीभीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको समेत आरोप लगाए। यो अवस्था खतरनाक भएको उनको भनाइ थियो। एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरेको उनले सुनाए।

उनले आफ्नो अस्पतालमा अझै पनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको जानकारी दिएका छन् । त्यस्तै केएमसी हस्पिटलमा पनि एकजना कोरोनाको विरामीको सुरक्षित रुपमा उपचार गरिरहेको नाम नबताउने शर्तमा केएमसीका एकजना वरिष्ठ चिकित्सकले बताएका छन्, उनी भन्छन् माथिबाट बाहिर केही नभन्नु भन्ने आदेश छ, त्यसैले गोप्य रुपमा उपचार गरिरहेको ती चिकित्सकले बताएका छन् ।

त्यस्तै त्यही सात्क्षरकार कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले कोरोना भाइरसकोे बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई एक वर्ष थुनि दिने चेतावनी दिएका छन् । उनले कालोवजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई एक वर्षसम्म थुन्न पाउने कानुनी प्रावधान भएको बताउँदै त्यसो गरेको पाइए कडा रुपमा प्रस्तुत हुने बताएका छन् । कानुन सम्मत कारवाही गर्न पछि नपर्ने बताए । उनले आइसोलेसनमा राख्नुपर्ने ब्यक्तिलाई नेपाल प्रहरीले अंगालो हालेरै समात्ने भएकाले आफुहरु निकै चुनौतीका साथमा काम गरोके बताएका छन् । ‘आइसोलेसनमा राख्नुपर्ने मानिस आइसोलेसनबाट भाग्यो भने समात्न जाने त प्रहरी नै हो, उनले भने हामी रिक्स मोलेर काम गरिरहेका छौं ।’

उनले कुनै पनि सर्वसाधारणले ग्यास नभएका कारणले भोको बस्नु नपर्ने बताए । उनले भने, ‘कुनै उपभोक्ताको भान्छामा अतिरिक्त ग्यास रहेछ भनेपनि त्यो लगेर नहुनेलाई दिने छौं उनले भने, तपाइहरु ढुक्क हुनु्स् कुनै पनि हालतमा अभाव हुन दिने छैनौं ।’ उनले दैनिक आवश्यकताका कुराहरुमा ब्यवसायीले कृतिम अभाव खडा गर्ने काम गर्नेलाई नछोडिने बताए । उनले कपन क्षेत्रवाट नि यन्त्र ण मा लिइएका १० लाख माक्स वजारमा पठाइसकेको बताए । उनले सकृय रुपमा फिल्डमा काम गर्नेहरुलाई वितरण गर्ने पनि बताए । उनले कृतिम अभाव खडा गर्ने काम नहोस् भनेर त्यस्तो सूचना दिने ब्यक्तिलाई पनि गोप्य रुपमा पुरस्कृत गर्ने बताए ।

उनले कोरोना भित्रियो भने कम्तिमा एक महिना आइसोेलेसनमा जानुपर्ने भएकाले उपभोक्ताहरु त्रा समा भएकाले उपभोक्ताले स्टकमा ग्यास राखिदिदा स म स्या भएको बताए । तपाईहरुलाई म आश्वस्त पार्छु तपाईको घरमा भात पाकेन तर कसैको घरमा ग्यास राखिएको छ भने हामी त्यो ग्यास ल्याएर भए पनि तपाइलाई भात पकाएर खान पाउने बातावरण बनाउन हामी कटिवद्ध छौं ।’

प्रहरीले कृतिम अभाव हुन नदिन पुरा तयारी गरेको पनि उनले बताए । उनले आफुले कहिल्यै कसैसँ सगम्झौता नगर्ने बताए । उनले कुनै नेता वा भिआइपीसंग नझुक्ने बताउँदै उनले भने, ‘तपाईहरुको माझमा म बोलेको छु, सूचना दिएर हेर्न मलाई कुनै भिआइपी वा कसैले भनेको आधारमा सम्झौता गर्दिन बरु म पदमा रहन्न तर जनताको सुविधा र हितको पक्षमा काम गर्ने कुरामा कहीं सम्झौता गर्दिन ।’

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: