व्यवसायिक बाख्रापालन व्यवसायमा सिन्धुपाल्चोकका युवा

व्यवसायिक बाख्रापालन व्यवसायमा सिन्धुपाल्चोकका युवा 1

सिन्धुपाल्चोक । चरिचरनको राम्रो ठाउँ भएको सिन्धुपाल्चोकको पहाडि भेग बरुवामा युवाहरु बाख्रापालन व्यवसायतर्फ आकर्षित हुदै गएका छन् ।

पछिल्लो समय युवाहरु विदेश जान छोडेर व्यवसायिक बाख्रापालन तर्फ लागेका छन् । सिन्धुपाल्चोकको विभिन्न ठाउँका युवाहरुले आधुनिक तरिकाले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । बाख्रापालन व्यवसायका लागि चरिचरनदेखि बजारको समेत राम्रो व्यवस्था भएकाले बाख्रा पालनमा युवाहरु आकर्षित भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाका सत्यमान स्याङवा कामको शिलशिलामा ११ वर्ष सम्म खाडी मुलुकमा बस्नुभयो । अहिले बाख्रा पालन थालेपछि उहाँको आम्दानी राम्रो भएको छ । उहाँले सुरुमा ढवल एग्रोभेट प्रा.लि. मार्फत ५५ वटा स्थानीय जातका बाख्रा किनेर व्यवसाय सुरुवात गर्नुभएको हो । हाल उहाँको बाख्रा फार्ममा झण्डै १ सय ओटा बाख्रा छन् ।

बाख्रापालन बाट खर्च कटाएर वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । सिन्धुपाल्चोकमा एक सयभन्दा बढी युवाहरुले व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका छन् । जिल्लाभित्र र बाहिर मासुको लागि खसी, बोकाको माग बढ्दै गएपछि किसानहरु बाख्रापालन व्यवसाय तर्फ आकर्षित भएका हुन् ।

व्यवसायिक रुपमा बाख्रा पालन गर्न चाहने युवाहरुलाइ सिन्धुपाल्चोकका स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । बाख्रापालनको लागि आवश्यक औषधी, समय अनुसारका घाँसको बिउ, प्राविधिक सहयोग, आवश्यक सीप र अनुदान पाए अझै सजिलो हुने किसानहरुको भनाइ छ ।

loading...
Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: