मनन् गर्नैपर्ने कुराः कसैका सामु पनि आफ्नो ‘पीडा’ नबताउनु !

कसैका सामु पनि आफ्नो ‘पीडा’ नबताउनु !
तिम्रो पीडा ‘दुःखी हुँदै’ सुन्नेहरुले नै ‘खुसी हुँदै’ अरुलाई बताउँदै हिँड्छन् रे !!!

000

‘जिन्दगीको यात्रामा भेट त असंख्य मानिससँग हुन्छ
तर,
सामान्यतः याद उसैको आउँछ–
जोसँग भावना साटिएको हुन्छ
सुखदुःख र पीडा बाँडिएको हुन्छ ।’

000

धन हुनेहरु सुन लगाएर हिँड्छन्, जुन देखावटी मात्र हो,
तर, मन हुनेहरु त गुन लगाएर हिँड्छन् जो सधैंका लागि मन र मुटुमा याद बनेर रहन्छ ।

000

मुर्ख झगडा गर्छ
र, बन्न लागेको काम बिगार्छ ।
बुद्धिमानले सल्लाह गर्छ
र, बिग्रन लागेको काम पनि सपार्छ ।
मन परे सेयर गरौं

000

एक जना वृद्ध आफ्नो मोबाइल फोन बनाउन फोन मर्मत गर्ने पसलमा पुगेछन् ।
फोन मर्मत गर्ने मान्छेले भनेछ–हजुरको मोबाइल सेटमा कुनै पनि खराबी छैन । फोन बिल्कुल ठिकठाक अवस्थामा छ !!!
आँखाबाट आँसुको धारा बगाउँदै वृद्धले भनेछन्–अनि त्यसो भए यो फोनमा मेरा छोराछोरीहरुको फोन किन आउँदैन त ???

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..