झ्यालबाट छिरेर हातखुट्टा बाधी पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार

झ्यालबाट छिरेर हातखुट्टा बाधी पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार 1

काठमाडौं । नुवाकोटमा एक महिलामाथि पाँच जनाले सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियाे ।

प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको हो । पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरेको हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु त्यही रात उनीले शिवपुरी गाँउपालिकाकै रामसिंह तामाङको घरमा समेत चोरी गरी कुटपिट गरेर फरार भएका थिए। गिरोहका अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

loading...
Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: