नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न डब्ल्यूएचओकाे आग्रह

नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न डब्ल्यूएचओकाे आग्रह 1

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न आग्रह गरेको छ । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो आग्रह गरेको हो ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ’न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न भनिएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..