युएस बंगला विमान दुर्घटनाःदाबी भुक्तानीका लागि सम्पर्कमा आउन ३५ दिनको समय (सूचना सहित)

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगला विमान कम्पनीले मृतकका कानुनी हकदार तथा संरक्षकलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

कम्पनीले ३५ दिने सार्वजनिक सूचना जारी गरी यात्रुहरुको दाबी भुक्तानीका लागि आफ्नो तोकिएको प्रतिनिधिमार्फत सम्पर्कमा आउन मृतकका परिवार, कानुनी हकदार तथा संरक्षकलाई आग्रह गरेको छ । भुक्तानी दाबी आफ्ना प्रतिनिधि र आधिकारिक संस्थालाई इमेलमार्फत पनि गर्न सकिने व्यवस्था गरेको छ।

युस बंगला विमानको जहाज फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका चार सदस्ससहित ५१ जनाको निधन भएको थियो। जसमा २२ नेपाली नागरिकको निधन भएको थियो।

-रिसेन्ट नेपाल

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..