कोरोनाको त्रासले सोलुखुम्बुको पर्यटकीय क्षेत्र सुनसान

कोरोनाको त्रासले सोलुखुम्बुको पर्यटकीय क्षेत्र सुनसान 1

सोलुखुम्बु । कोरोना भाइरसको सङ्क्रमणको त्रासले सोलुखुम्बुको पर्यटकीय क्षेत्र सुनसान बनेको छ ।

पर्यटकले भरिभराउ हुने यस मौसममा जिल्लाका अधिकांश पर्यटकीयस्थलहरूमा पर्यटकको उपस्थिति अत्यन्तै कम देखिन्छ । फागुनको पहिलो सातादेखि नै पर्यटकले भरिभराउ हुने सोलखुम्बुको खुम्बु क्षेत्र चैत लाग्दा पनि शान्त छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरसको त्रासका कारण पर्यटकको चहलपहल नभएका कारण खुम्बुको पर्यटन क्षेत्र थला परेको बताउनुहुन्छ, खुम्बु पासङ ल्हमु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पा । पर्यटकीय मौसम सुरु भएसँगै खुम्बु क्षेत्रका अधिकांश होटल तथा पर्यटन व्यवसायी खुसी भएका थिए ।

जाडो छल्न राजधानी काठमाण्डौ लगायत अरु जिल्लाको भ्रमणमा गएका अधिकांश व्यवसायी फर्किए । तर पर्यटक नआउँदा चिन्ता लागेको छ । पर्यटक नआएपछि खुम्बु क्षेत्रको पर्यटक जाँचमा खटिने कर्मचारी फुर्सदिला बनेका छन् । अघिल्लो वर्ष फागुन पहिलो साता दैनिक ३ सय भन्दा बढी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासङल्हमु गाउँपालिकाको तथ्याकंमा उल्लेख छ ।

तर यस बर्ष चैत लागिसक्दा पनि दैनिक ४० देखि ५० जनाको हाराहारीमा मात्रै पर्यटक भित्रिने गरेका छन् । पर्यटन व्यवसायलाई नै मुख्य आम्दानीको श्रोत मानेका खुम्बुबासी थोरै सङ्ख्यामा मात्र पर्यटक आउँदा चिन्तित बनेका छन् । खुम्बुमा अगं्रेजी महिनाको मार्चबाट सुरु भएर मेसम्म र सेप्टेम्बरबाट सुरु भएर नोभेम्बर सम्मलाई मुख्य पर्यटकीय मौसम मानिन्छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..