इटालीको मेयरले ‘अङ्गालो’ मार्दा भोग्नु परेको ‘युरोप नियती’ : एक दिन आउनेछ, हामी भेटिने छौं

इटालीको मेयरले 'अङ्गालो' मार्दा भोग्नु परेको  'युरोप नियती' : एक दिन आउनेछ, हामी भेटिने छौं 1

इटालीको मेयरले 'अङ्गालो' मार्दा भोग्नु परेको  'युरोप नियती' : एक दिन आउनेछ, हामी भेटिने छौं 2– मञ्जु मिश्र –

काठमाडौं । सचेत राज्य मात्र भएर पुग्दैन, यो(सरकार ) अमुर्त हुन्छ। यसको सबै भन्दा सक्रिय तत्व हो जनता, उसले सचेत हुनै पर्छ। मुर्खहरुको देशमा जहिले दुर्घटना हुन्छ। तेतिबेला पनि राज्यनै दोशी ठहरिन्छ । भारतबाट उनिहरु लखेटिएका होइनन्, अनुशासित ढंगले आउन जान्दैनन् । भिडनै गर्नुपर्ने ‘भिड न्याय’ छ देशमा। भावनामा डुबेर हरकोई निर्णय गर्दा इटालीको मेयरले ‘अङ्गालो’ मार्दा भोग्नु परेको ‘युरोप नियती’ नेपाल- भारत ले भोग्नपर्ने हुन सक्छ। तर संकटमा बालबालिका र वृद्धहरुलाई त्यहाँ देख्दा मन धमिलो भो । ब्यवस्थापन हुँदै छ। बाध्यता पनि छ।

मेरो यो फेसबुकमा पनि भारत(India) मा बस्ने तमाम साथी, दाजु भाई अनि दिदि बैनी हुनुन्छ । तपाईहरु जहा हुनु हुन्छ, त्यही सुरक्षीत भएर बस्नुस । बरु तपाईले काम गर्ने स्थानमा बस्न नदिने वा असहयोग हुने अवस्था आएमा सरकारसँग पहल गर्न सबै तयार रहौ। अहिले नेपालमा पनि सबै कुरा ठप्प छ्न, सबै महत्त्वपूर्ण कामहरु पर सारिएका छन।
कोहि आफन्तको बियोगमा पनि आउदै हुनुहुन्छ होला, तैपनि अब आफ्नो बारेमा सोच्नुस।
प्रकृतिले निम्त्याएका हरेक महामारीहरु प्रकृतिसङ्गै मिलेरमात्र डट्न सकिन्छ, जुधेर होइन।
नेपाल गएपछी, बाचिन्छ! यो एउटा आत्मबिस्वास हो। र देश अनि आफन्तप्रतीको प्रेम पनि हो ।

तर अहिले यो समय यसलाई सोच्न छोड्नुस । सरकारले वा नेपालमै रहेका हामीले तपाईहरु युरोपबाट आएको भए उद्धार गर भारतबाट आउनेलाई मर्न देउ भनेका छैनौ।
सम्भावनाका धेरै बाटाहरु भिन्न भएकाले आग्रह गरिएको हो । भारतको दिल्ली, गोवा, बेङ्लोर, मुम्बै, पुणे, केरेला,अलिगढ, वा देहरादुन जहाँ हुनुहुन्छ त्यहा जस्तो नियम बनाइएको छ, अनुसरण गर्दै बस्दा पक्कै पनि अप्ठेरो हुने छैन ।

हामी पनि धेरै जना परिवारबाट अलग अर्कै ठाउँमा एउटा कोठा भित्र थुनिएका छौ। ईन्टरनेट, पुस्तक वा अन्य घरायसीकाममा अल्झीरहेका छौ। सकारात्मक बनौं । एक दिन आउनेछ, हामी भेटिने छौ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..