पर्यटक बसमा रक्त चन्दन ल्याँदै गर्दा बस चालक झिल्के रुम्बा पक्राउ

काठमाडौँ । रक्त चन्दन तथा अबैध सामान सहित काठमाडौँबाट दिल्ली चल्ने ना.४ ख ४५१६ नम्बरको टुरिष्ट बसका चालक काभ्रे घर भई काठमाडौँ नैकाप बस्ने ४१ बर्षीय झिल्केमान रुम्बा र सहचालक बुटवल घर भई नैकाप बस्ने २५ बर्षीय सुजन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँबाट दिल्ली चल्ने टुरिष्ट बसहरुमा विभिन्न प्रकारका अवैध सामानहरु राजस्व छलि दिल्लीबाट काठमाडौँ आउदै गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार कलंकी चोकमा चेक प्वाईन्ट राखी उक्त बसलाई चेक गर्दा भाँडा बनाएको १० किलो ७७५ ग्राम र मालामा प्रयोग गर्न बनाएको १३०२ दाना (४७० ग्राम) रक्त चन्दन बरामद भएको थियो ।

प्रहरीले उक्त बसको हुटको तल माथि, दायाँ, बायाँ फल्स बटम बनाई राखेको कुर्था टप्स २९८८ थान, कुर्था सुरुवाल ६० थान, सिल्क साडी १४३ थान, सिल्क बनारसी साडी ६४ थान, सिफन साडी ६९ थान, लेडिज सेन्डिल १८ जोर, जेन्स सर्ट २१० थान तथा विजुलीका सामान बोर्ड कभर १० थानमा रहेको २० बट्टा, थ्री प्लक १० थानमा रहेको ४० बट्टा, फोर प्लक सकेट ५ थानमा रहेको १० बट्टा, टुप्लक २० थानमा रहेको ८ बट्टा, स्विच २० थानमा रहेको ४० बट्टा समेत बरामद गरेको थियो ।

बरामद रक्त चन्दनका सामानहरु आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार तथा अन्य सामानहरु, सवारी साधान र पक्राउ परेका व्यक्तिहरुलाई कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..