वेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस सङ्क्रमण

वेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस सङ्क्रमण 1

बेलायतका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।

एकहत्तर वर्षीय राजकुमार चार्ल्स बेलायतका भावी राजसमेत हुन् । उनलाई मध्यम खालका लक्षणहरू देखिए पनि उनको स्वास्थ्यावस्था भने राम्रो भएको दरबारका प्रवक्ताले बताएका छन्। अहिलेसम्म सबैभन्दा उच्च व्यक्तित्व कोरोना भाइरस पोजिटीभ हुने राजकुमार चाल्र्स भएका छन् ।

साथै उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिए पनि  उनमा भाइरस भएको देखिएन।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर क्वाराइन्टइनमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता राजकुमार चाल्र्स धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका कारण कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: