चीनतर्फका दुई नाका समान आयात र निर्यात गर्ने गरी खुलाउने निर्णय

चीनतर्फका दुई नाका समान आयात र निर्यात गर्ने गरी खुलाउने निर्णय 1

काठमाडौं । गत माघ १५ देखि बन्द चीनतर्फका दुई नाकाबाट समान आयात र निर्यात गर्ने गरी खुलाउने सरकारले निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने ।’

निर्णयमा भनिएको छ । यससम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने उच्च स्तरीय समितिका सदस्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सीआईएनलाई जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द छ ।

नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर चीनतर्फ रसुवागढी नाकामा रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको थियो । सामान आयातनिर्यात बाहेकको क्रियाकलापका लागि चीन र भारततर्फको नाका बन्द गर्ने निर्णय गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

अति आवश्यक बैँङकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने तर यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय बैठकले गरेको हो ।

औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने र गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने अर्थात् घरमै पु¥याउने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने, स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने लगायतका निर्णय समितिले गरेको छ ।

loading...
Loading...

Leave a Reply

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: