तेस्रो संक्रमितसँगै विमानमा थिए १६९ यात्रु

तेस्रो संक्रमितसँगै विमानमा थिए १६९ यात्रु 1

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ ।

चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।

स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।

loading...
Loading...

Leave a Reply

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: