उद्योग मन्त्रीको निर्णयः अत्यावश्यक बस्तुको आपूर्तिका लागि चीन र भारतसँग पहल गरिने, मजदुरका लागि १ कम्बो निःशुल्क वितरण गर्ने तयारी

उद्योग मन्त्रीको निर्णयः अत्यावश्यक बस्तुको आपूर्तिका लागि चीन र भारतसँग पहल गरिने, मजदुरका लागि १ कम्बो निःशुल्क वितरण गर्ने तयारी 1

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि आपूर्तिमा समस्या आउन नदिन अत्यावश्यक बस्तु आयातका लागि भारत र चीनसँग पहल गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज यो निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा आजको बसेको बैठकले भारत र नेपालले पूर्वसतर्कता र सुरक्षाका उपायहरुका कारण दैनिक उपभोग्य वस्तुहरु, औषधी, औषधीको कच्चा पदार्थ र औषधिजन्य सामाग्रीको आपूर्तिमा केही असहजता देखिने अवस्थामा आपसी सहकार्य गर्नुपर्ने निष्कर्श निकालेको हो ।

बैठकल भाइरसको प्रकोपबाट नागरिकलाई जोगाउदै न्यूनतम मानवीय आवश्यकता पूरा गराउने कार्यमा विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।
नेपालको करिब दुईतिहाई व्यपार भारतसँग हुने गरेकोमा वर्तमान परिस्थितिमा अत्यवाश्यक वस्तुको आपूर्ति चक्रलाई नियमति बनाउन भारत सरकारसँग पराराष्ट्र मन्त्रालयमार्फत् विशेष अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी मानवीय स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी अत्यावश्यक बस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधी र औषधिजन्य सामग्रीको आपूर्तिलाई व्यवस्थालाई आवश्यक सहयोगको लागि परराष्ट्र मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरिएको नीजि सचिव बिरेन्द्र बस्नेतले बताए ।

आजको बैठकले स्थानीयरुपमा बिक्रि वितरणलाई सहज तुल्याउन प्रत्येक टोलमा कम्बो प्याक  चामल ५ केजि,दाल १ केजि, नुन १ केजि, तेल १ केजि लगाएत घर घरमा टोल टोलमा बेच्न लाने ठुला मार्ट, अनलाइन विक्रेता वा जुनसुकै ब्यापारीले पनि टोलटोलमा गाडी मार्फत बेच्न पाउने गरी स्थानीय तहले सहजिकरण गर्न दिने समेत निर्णय गरेको छ ।

यसका साथ यी व्यपारिक संस्थानहरुले कम्बो प्याक बनाएर टोल टोलमा वितरण गर्न सक्नेछन् ।

यसका साथै स्थानीयस्तरमा स्थानीय तहलाई नै ग्यासलगायतका आवश्यक बस्तुको सहजिकरण र व्यवस्थापन गर्न दिने निर्णय समेत गरिएको उनले बताए ।
यसैगरी आम मजदूर वर्गलाई पर्न जाने समस्या हल गन मजदुरहरुको लागि १ कम्बो निःशुल्क वितरण गर्ने तयारी रहेको त्यसका लागि स्थानीय तहले सहजिकरण गर्ने छलफल भएको जानकारी उद्योग, वाणिज्य आपूर्ति मन्त्रीका निजी सचिव वीरेन्द्र बस्नेतले राजमार्ग डकमलाई दिनुभयो ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: