गृह मन्त्रालयले सम्पूर्ण नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध

गृह मन्त्रालयले सम्पूर्ण नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध 1

काठमाडौं । आज गृह सचिवको अध्यक्षतामा बसेको बैठकले सबै नागरिकलाई आपतकालीन काम, औषधी, खाद्यन्न र तारकारी किन्नभन्दा बाहेक घरबाहिर ननिस्कनका लागि अनुरोध गरेको छ । त्यस्तै खाद्यन्न, तरकारीलगायत अति आवश्यक वस्तुलाई टोल-टोल घर-घरमा पुर्याउन मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै :

कालोबजारी भए गृहमन्त्रालयको टोल फ्रि नम्बर ११४९ मा फोन गर्नुहोस् । ( गृह मन्त्रालयको प्रेस विज्ञप्ति)

नेपाल सरकार (मन्त्रिपरिषद्‍) को मिति 2076/12/09 गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन, 2020 को दफा २ अनुसार मिति २०७६।१२।११ गते बिहान ६ बजे देखि लागु हुने हुने गरी जारी गरिएको आदेशको बारेमा सबै नागरिहरुलाई अवगत नै छ। उक्त आदेश बमोजिम विश्‍व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस (COVID-19) बाट आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा मन्त्रालयले विश्‍वास लिएको छ । त्यसको लागि सबै नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गर्नुहुनेछ भन्‍ने अपेक्षा राखिएको छ ।
यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।
1. काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै Store एवं विक्रेताहरुले आ-आफ्ना Delivery Van मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।
2. आवश्यक पर्ने Delivery Van हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।
3. पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।
4. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै Store एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।
5. दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।
6. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका Store एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: