हिन्दुस्थानले गरिब जनताका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा

हिन्दुस्थानले गरिब जनताका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा 1

हिन्दुस्थानले गरिब जनताका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा 2
भारत सरकारले कोरोनाभाइरस महामारीको आर्थिक समस्यासँग जुझ्न भारतमा २२ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिब र किसानहरूलाई विशेष लाभ पुग्ने बताइएको छ।

भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले राहत प्याकेज घोषणा गर्दै आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताएकि छन् ।

यस राहात प्याकेजमा निःशुल्क खाना देखि आर्थिक सहायता समते समेटिएको छ।
हिन्दुस्थानले गरिब जनताका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा 3
यो राहात कार्यक्रम तत्काल आवश्यकतामा रहेका जनताहरूलाई बितरण गरिने अर्थमन्त्री सीतारमणले घोषणा कार्यक्रममा बताइन।
प्रभाव

भारतीय अर्थमन्त्रीले कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले ६६,५०० डलरसम्म स्वास्थ्य बीमा पाउने बताएकी छन् ।

आर्थिकविदहरूको भनाइमा यसमा खर्च हुने रकम भारतको कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत जति हो।

कोरोना भाइरसको असरलाई कम गर्नको लागि अमेरिका र सिङ्गापुरलगायत देशहरुले त्यस्तै कार्यक्रमका लागि जीडिपीको १० प्रतिसतसम्म खर्च गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिन्दुस्थानले गरिब जनताका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा 4
भारतीय अर्थशास्त्रीहरुले यो भारत सरकारको पहिलो चरणको राहत कार्यक्रम हुनसक्ने समेत बताए छन्।

भारतमा १ अर्ब ३० करोड मानिसहरू लकडाउनका बीच घरभित्रै बसिरहेका छन् त्यसकारण त्यहाँको अर्थतन्त्र गम्भीर मन्दीतर्फ जाने आशंका छ ।

भारतमा करोडौ अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु छन्।

भारतको मजदुरशक्तिको त्यो एउटा महत्त्वपूर्ण क्षेत्रले अहिले सबैभन्दा ठूलो समस्या सामना गरिरहेको छ।

प्रधानमन्त्री मोदीले लकडाउन र सामाजिक दूरी कायम राख्न अपिल गरेपछि दैनिक ज्यालामा निर्भर रहने धेरै मानिसहरूलाई समस्या परेको र उनीहरूको दैनिक जीवन निर्वाहमा गम्भीर समस्या पर्न सक्ने धेरैले चिन्ता गरेका छन्।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..