चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट मिल्ने

चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट मिल्ने 1

काठमाडौं । लकडाउनको अवधि अर्थात चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट मिल्ने भएको छ ।

यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् । ऊर्जामन्त्री वर्षमान पुनले आज प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने बताउनुभयो ।

यसो गर्दा करीव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिनुभयो । ऊर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने प्रष्ट पार्नुभयो ।

मन्त्री पुनले विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..