इटालीमा कोरोनाभाइरस महामारी सुरु भएदेखि सबैभन्दा धेरै एकैदिनमा ९६९ जनाको मृत्यु

इटालीमा कोरोनाभाइरस महामारी सुरु भएदेखि सबैभन्दा धेरै एकैदिनमा ९६९ जनाको मृत्यु 1

इटालीमा कोरोनाभाइरस महामारी सुरु भएदेखि सबैभन्दा धेरै एकैदिनमा ९६९ जनाको मृत्यु 2
इटालीमा कोरोनाभाइरस महामारीका कारण मृत्यु हुनेको संख्या आज शुक्रबार रेकर्ड कायम गरेको छ । शुक्रबार सबैभन्दा धेरै ९६९ जना मृत्यु भएको इटलीको नागरिक सुरक्षा एजेन्सीले जनाकारी दिएको सीएनएनले जनाएको छ । जुन कोरोना भाइरस महामारी सुरु भएदेखिको एकदैनिमा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै हो ।

इटलीको नागरिक सुरक्षा एजेन्सीका अनुसार मृत्यु हुनेहरूको संख्या ९१३४ पुगेको जनाएको छ ।

अघिल्लो दिन कोरोनाभाइरस ४४०१ केसहरू बढेको त्यहाँको सिभिल प्रोटेक्शन एजेन्सीले जनाएको छ।

इटलीमा कोरोनाभाइरसको संक्रमित हुनेको संख्या चीनलाई पछि पार्दैै ८६,४९८ पुगेको सीएनएनले जनाएको छ । कोरोनाभाइरस संक्रमितको सख्या अमेरिकामा सबैभन्दा धेरै ९० हजार भन्दा बेसी अमेरिकीहरु संक्रमित भएका छन् भने बुहानबाट सुरुभएको चीनमा ८१, ३४० रहेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..