हाँसेरै मर्ने भए !!! केही चुट्किला

हेरेर हिड्ने गर

एक बटुवाले अर्को बटुवासँग भन्यो– ए भाई हेरेर हिड्ने गर । तिमी मसँग झण्डै ठोक्कियौ ।

दोस्रो बटुवाले भन्यो–म त हेरेरै हिडिरहेको थिएँ तर यो थाहा थिएन कि तिमी पनि म जसरी नै हिडिरहेका थियौ ।

२. बाख्रा हो कि बाख्री

जन्तरे काँइलोः ए अन्तरे भाइ, यो बाख्रा हो कि बाख्री भन्ने कसरी थाहा पाउने ?

अन्तरे भाइ–सामान्य छ, ढुंगा हानेर हेर । यदि भाग्यो भने बाख्रा हो भागी भने बाख्री ।

३. अस्पतालमा मास्क

शिक्षकले रमेशसँग सोधे– डाक्टर र नर्सले अस्पतालमा हरेक समय किन मास्क लगाइरहन्छन् ?

रमेशले जवाफ दियो–कुनै गल्ती भइहाल्यो भने थाहा नहोस् कि गल्ती कस्ले गरेको हो भनेर ।

४. आमाको सल्लाह

श्रीमान श्रीमतिबीच झगडा भइरहेको थियो । तब श्रीमतिले भनिन–हे भगवान मैले आमाको सल्लाह मानेको हुन्थे र तिमीसँग विवाह नगर्थेँ ।

श्रीमान–के ? तिम्रो मतलव तिम्रो आमाले मसँग विवाह नगर्ने सल्लाह दिएकी थिइन् ?

श्रीमति–नभए के त ?

श्रीमान–उफ ! म ती महान महिलालाई कति धेरै गलत सम्झथेँ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..