कोरोना सतर्कता, सन्त्रास र मनोविज्ञान:डा. टीकाराम पोखरेल

कोरोना सतर्कता, सन्त्रास र मनोविज्ञान:डा. टीकाराम पोखरेल 1

विश्वभर कोरोना(कोभिड–१९)को सन्त्रास फैलिएको बेला बेलायतकाएकजना वैज्ञानिकले यो रोग ‘७० प्रतिशतमा फैलनदिऊँ, कोरोनाप्रतिरोधीक्षमता बढ्छ’भन्ने अचम्मलाग्दो धारणा सार्वजनिक गरेका छन् । सर प्याट्री भालान्स नाम गरेकातीवैज्ञानिकले मानिसमाकोरोनाभाइरस सरे मानिसमाभाइरस प्रतिरोधिक्षमता बढ्ने र यसको त्रास कमहुने भन्दै कोरोनाविस्तारकोपक्षमावकालत गरेकाहुन् ।

ती वैज्ञानिकको तर्क कति ठीक कति वेठिक भन्ने बहसभविष्यमाचल्दै गर्ला र फैलनु सहीकिगलतभन्ने पनिभविष्यले बताउला तर उनकोे यो भनाई सुन्दाभने कोरोना रोग त्यस्तो भयावहहोइन, बरु सामान्यहो कि जस्तो लाग्छ । यद्यपियतिबेलाकोरोनाले विश्वलाई नैँ गाँजेको छ । मानिस रोगले भन्दा बढी रोगको डर र सन्त्रासले ग्रस्त छन् । कतिपयले यो सन्त्रासलाई सतर्कता भन्छन् । सतर्कताले सन्त्रास ननिम्त्याउनुपर्ने हो । तरसतर्कतामाथि सन्त्रास हाबी छ । अनि कसरी सतर्कताभन्ने ? कसरी सन्त्रास नभन्ने ?

विश्वभर कोरोनाबाट सातहजार बढीको मृत्यु हुँदा नेपालमायो रोगबाट कुनै पनिमानिको मृत्यु नभएको मात्रहोइनअहिले देशभित्र एक जनापनिकोरोनासंक्रमित छैनन् । यद्यपिनेपालमाएक जनामा संक्रमण भेटिएको भन्ने विश्व स्वास्थ संगठनको तथ्यांकमा छ । भेटिएका संक्रमित व्यक्ति पछि ठीक भएको भन्ने सरकारको भनाई रहेको छ ।

नेपालको छिमेकी राष्ट्रचीनकोरोनाको उद्गमस्थलहुनु र अर्को छिमेकीभारतमा समेत यो संक्रमण फैलिएर केहीको मृत्यु हुनु तर यीदुई मुलुकको बीचमा रहेको नेपालमाअहिलेसम्म यो रोग नफैलिनु हामीनेपालीको लागि खुसीको कुरा हो । तर संक्रमितनभेटिनुमा जति खुसीको कुरा छ भविष्यमा यो भाइरस नेपाल भित्रिहाल्छ किभन्ने त्यत्तिकै त्रास पनि छ । अन्यौलपूर्ण अवस्थामा सरकारले पूर्व सतर्कताको रुपमा केहीकदमहरु पनिचालेको छ ।

कुनै नागरिकमा संक्रमण देखिएमासंक्रमितको उपचारको व्यवस्थामिलाउने काममा सरकार जुटेको देखिन्छ, तर एकैपटक धेरै संक्रमित देखिएभने सबैको एकैपटक उपचार गर्न सरकारको तयारी र क्षमता कस्तो छ भन्ने प्रश्नको उत्तर चाहिँबाँकी छ ।

त्यसो त सरकारले पूर्व सावधानीकालागिसिनेमाहल, सांस्कृति केन्द्र, रंगशालालगायतका भीडभाड हुने स्थानबन्दगर्ने, २५ जनाभन्दा बढी भेलाहुननदिने, सवारी साधनमासीटभन्दा बढी यात्रु नचढाउने÷नचढ्ने, सवारीसाधन डिसइन्फेक्सनगर्ने, मानिसको आवतजावत वढी हुने स्थानमा सरसफाइमाध्यानदिने, उपभोग्य सामग्रीको अभावसिर्जनागर्नेलाई कारवाहीगर्ने लगायतकाकार्य गर्ने जनाएको छ ।

यसैगरीविभिन्न मुलुकबाट यात्रु आउनप्रतिबन्धलगाउने, नाकाबन्दभएकाकारण विदेशीनागरिक आफ्नो देश फिर्ता हुननसकेकाहरुको हकमाभिसाथपगरिदिने, एसइइ तथाविश्वविद्यालयकानियमित परिक्षाहरु स्थगितगर्ने, कलेज तथाविद्यालयकापठनपाठन बन्दगर्ने, होटल, रेष्टुरेण्ट तथासपिङ मलहरुमाज्वरो मापनगर्ने उपकरण राख्नलगाउने, सरसफाइमाविशेष ध्यानदिने,यी सबैको अनुगमनप्रदेशसरकार तथामन्त्रालयहरुले गर्ने गरी कोभिड–१९ रोकथामतथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरिसकेको छ ।

सरकारले पूर्वसतर्कताकालागि यस्ता निर्णयहरु गर्दै गर्दा जनमानसमाभने सरकारले गरेको पूर्व सतर्कताप्रति सरकारलाई धन्यवाद दिनु र खुसी हुनु भन्दापनि मनोवैज्ञानिक सन्त्रास र हल्लाको खेती बढेको छ ।

एकाथरिलेसरकारले रोग लुकायो, भित्रभित्र पूरै महामारि फैलिसकेकाले सरकारले परीक्षा स्थगितगर्नेदेखि लिएर विद्यालयबन्दगर्ने कामग¥यो, अब देशभित्रखानै पाइँदैन, नाकाबन्दीको अवस्थामाझैँ भारतीय नाकाबाट दैनिकउपभोग्य सामग्री नै आउँदैन, देशमाहाहाकार मच्चिन्छ, विश्व स्वास्थ्य संगठनले अब दक्षिण पूर्वी एसियातिर कोरोना फैलन सक्ने भनेको र नेपालपनिखतराको सूचीमा रहेको भनेकोले देशमाअबकोरोना त तुरुन्तै भित्रिन्छ भन्ने जस्ता मनगढन्ते प्रचारप्रसार गरिरहेका छन् ।

यस्ता प्रचारहरु तथ्यमाभन्दा बढी हल्लाका भरमाएककान दोकान मैदानहुँदै समाजमाफैलिरहेका छन् । सरकारले गरेको कोरोना रोकथामको पूर्वप्रयासहरुलाईपनि सकारात्मक रुपमाप्रचारप्रसार गर्नुभन्दा सामाजिक सञ्जालहरुनकारात्मक रुपमा फैलाइरहेका छन् ।

कोरोनाभाइरसको बारेमा सामाजिक सञ्जालमाआएकाविचार, भिडियो क्लिप्स, फेसबुक पोष्ट, ट्वीट र कमेण्टहरु गर्ने केहीको क्रियाकलाप हेर्दा लाग्छ–नेपालीहरुले जान्नबाँकी केही रहेनछ, सबै कुरामाविज्ञता हासिल गरेछन् । अनिअर्को कोणबाट सोच्दाभन्न मन लाग्छ–सामाजिक सञ्जालमाउत्तेजकविचार पोख्ने भाइरसविज्ञहरुलेआफू कोरोनाको बारेमायति धेरै जान्ने सुन्ने विज्ञ भएर पनियति सानो भाइरस संक्रमण हुनबाट किन रोक्ननसकेकाहोलान्?

अर्थहीन कुरालाई नेपाली सामाजिक सञ्जालकर्ताहरुले द्रूतगतिमाप्रचार गरेको देख्दा यो देशमाबेरोजगारको मात्रानिकै ठूलो छभन्ने देखिन्छ । कि समाजमाकामनपाएकाहरु धेरै छन्, किकामपाएकामध्येकाकामचोर छन्, जो आफ्नो जिम्मेवारीको कामनगरेर यस्तै समाजिक सञ्जालमा झुण्डिरहन्छन् र अनावश्यकअफवाह फैलाएर मनोरञ्जन गर्छन् ।

कोरोना रोकथामतथा नियन्त्रणका लागिसरकारले गरेका निर्णय कतिपय राम्राहोलान् ।कतिपयमाअझैसरकारको तयारी नपुगेको पनिहोला ।गर्नुपर्ने वागर्न सक्ने कुरामाकमिकमजोरी पनिअवश्यहोलान् ।

तर जति राम्राभएका छन्,तिनीहरुलाई सकारात्मक रुपमालिनहाम्रो समाजउद्यत देखिँदैन ।समाजमाकोरोनाभाइरस जस्तो घातक विषयलाई या त व्यंग्यात्मकविषयबनाउने या त त्रासको विषयबनाउनेको जमातनिकै ठूलो छ ।

लाग्छ,एकाथरि मान्छेलाई प्राणघातक रोगलाई जोक बनाउँदानिकै आनन्द आउँछ र मान्छेको मृत्युको विषयपनिजोक बनाएर आफैँ जोकर हुनमै आनन्द छ ।

नेपाली समाजको मनोविज्ञान नकारात्मक छ ।  नकारात्मकहल्ला फैलाउने कुरामाअग्रगामी छ । समाजमाआफूले फिँजाएको नकारात्मकहल्लालेजति धेरै प्रभाव पर्छ मानिस त्यति नै खुसी हुन्छ । यस्तो नकारात्मकहल्लागर्ने समाजको गैरजिम्मेवार व्यक्तिकतै पनिसजायको भागीबन्दैन ।

कोरोना सतर्कता, सन्त्रास र मनोविज्ञान:डा. टीकाराम पोखरेल 2

सामजिक सञ्जालमाअसामाजिक कुरा पोष्ट गर्नेलाई फटाफट समातेर कारवाहीगर्नुको सट्टा प्रहरी उजुरी कुरेर बस्छ । कानुनकार्यान्वयनगर्ने कुरामा सरकार फितलो छ ।

कानुनपनिकमजोर छन् । समाजको मनोविज्ञान कमजोर छ । नेपाली समाजको चरित्र नै जताततै कामचलाउ छ, तब समाजमाअफवाह फैलाउनेले राम्ररी खेल्ने मौका पाउँछन् ।

संकटको बेला सतर्कताअपनाउने हो, सन्त्रास फैलाउने होइन, मनोविज्ञान कमजोर बनाउने होइन, बरु आत्मबलबलियो पार्ने हो । गलत सूचनाको शिकार बन्ने होइन, सही सूचनाको पहिचानगर्ने हो, सही सूचनाप्रवाहगर्ने हो र सतर्कताकालागिगरिएका सूचनाहरुको पालनागर्ने हो ।

हाम्रो भाग्यभनौँ वाहाम्रो सतर्कताको परिणाम भनौँ, अहिलेसम्महामीकहाँकोरोनासंक्रमित छैनन्। तर कोरोनाभाइरस देशमा पसेर मानिस संक्रमितभएभने हामीले मनोबल जतिकमजोर बनायोउति रोग प्रतिरोधात्मकक्षमता कमजोर हुन्छ । त्यसैले यतिबेलासबैबर्बाद हुन्छ किभन्ने हाउगुजी छोडेर हरेक व्यक्तिमायो केहीहोइन, बरु सामान्य रोग हो,मलाई कोरोनाभाइरसले आक्रमण गरेमायसको मप्रतिरोध गर्न सक्छु भन्ने आत्मबलविकास हुनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनामहामारि हो, तर यसको रोकथामको कुनै वैकल्पिक बाटो नै नभएको भने होइन ।

पूर्व सतर्कता र सावधानीअपनाएयसलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा छिमेकीमुलुकचीन नै उदाहरण छ । चीनले कोरोनाको इपिसेण्टर मानिएकोबुहानशहरलाई कोरानाको थप संक्रमण हुनबाट जोगाएको मात्र छैन कोरोनामुक्तशहर बनाउने दिसामा अगाडि बढिरहेको छ।

आफ्नो देशमाकोरनानियन्त्रणमा लिएसँगै चीनले अरु देशलाई आवश्यक पर्ने सहयोगको लागि समेत कदम अगाडि बढाएको छ । चीनबाट सिक्दै अबकोरोनाको सतर्कताअपनाऊँ, तर सन्त्रासको मनोविज्ञान बोकेर आफू पनिआतंकितहुने र समाजलाई पनिआतंकितबनाउने कामनगरौँ ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..