सरकारले गरिब र असाह्यका लागि विशेष प्याकेजको व्यवस्था गरोस् – नेकपा अध्यक्ष प्रचण्ड

सरकारले गरिब र असाह्यका लागि  विशेष प्याकेजको व्यवस्था गरोस् - नेकपा अध्यक्ष प्रचण्ड 1

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् ।

 

भिडियो सन्देशमा अध्यक्षप्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय श्रमजीवी जनताका लागिआर्थिक प्याकेज ल्याउन पनि सरकारसँग माग गर्नुभएको छ

शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरसका विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन सरको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले सातै प्रदेशमा प्रयोगशाला र स्वाथ्यकर्मीलाई स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ ।

यस्तै, उनले संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मनखोलेर मुठ्ठी फुकाउन अपिल पनि गर्नुभएको छ । निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने गरिब जनताको खाद्यान्न बिहानबेलुका खानेव्यवस्थाको र सरकारले गरिबका लागि आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको विशेष ध्यान जाने नै छ,’ अध्यक्ष प्रचण्डले अपिल गर्दै भन्नुभएको छ, यो विशेष अवस्थाको संकटको यो घडीमा गरिब र असहायक जनताहरुलाई सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका उद्योग र व्यवसायीसँग आग्रह गर्दछु।’

अध्यक्ष प्रचण्डले कोभिड–१९ संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर साबुन पानीले बेलाबेलामा हात धुन र घरमा बसी आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्न र अमेरिका र इटालीबाट पाठ सिकी सवाधानि अपनाउन पनि सरकार लगायत सबैसँग आग्रह गर्नु भएको छ ।

भिडीयो सन्देश सहित

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..