कोरोना भाइरस : नेपालमा संक्रमितको संख्या पाँच

कोरोना भाइरस : नेपालमा संक्रमितको संख्या पाँच 1

काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित व्यक्ति पनि भेटिएका छन् । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए हुन्। ती संक्रमित युवती बागलुङकी हुन् ।

२२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन्।चैत्र ४ गते फ्रान्सबाट आएकी अर्की युवतीमा पनि कोरानाभाइरस पोजेटीभ देखिएको थियो । यस्तै काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्‍ता विकास देवकोटाले बताए छन्।

हालसम्म जनस्वास्थ्य प्रयोगशालाले ८७५ वटा टेस्ट गरेको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको पनि प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाले चौथो केशको फ्‍लाइटको विवरणको जानकारी दिएका छन् ।  ती संक्रमित युवा २० मार्चमा विस्तारा एयरको दिल्लीबाट युकेको ११५ फ्लाइट हो । ती संक्रमित अहिले धनगढीमा उपचाररत छन् ।

नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल मास्क र १०० वटा पिपिइ सहयोग गरेको उनले बताए । एकीकृत व्यापार कम्पनीले ४० वटा पीपीई सहयोग गरेको प्रवक्ताले बताएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..