पत्याउन पनि गाह्रो ! ८ महिने छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

चितवन। नवलपरासी जिल्लामा ८ महिनाकी छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्वको ) गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका ३० बर्षका पुरुषले आफ्नै नाबालिका छोरीको बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोहि नभएको बेला उनले ८ महिनाकी दुधे बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरि बुधबार मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकाको आमाको जाहेरीको आधारमा प्रहरीले बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जि सि ले जानकारी दिए ।

ती पुरुष लागुऔषध दुर्व्यसनीमा फसेको जनाइएको छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र चितवनको एक अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..