तपाईलाई थाहा छ लिङ्गको साइज बताउने एप्लिकेशनले कसरी काम गर्छ ?

क्यानाडाका एक डाक्टरले एउटा यस्तो एप्लिकेशन तयार गरेका छन् जसले कुनै पनि पुरुषको लिङ्गको साइज बताउनेछ । ‘The Predicktor’ नाम दिइएको यो एप्लिकेशन हालका लागि एन्ड्रोयड स्मार्टफोनमा मात्र उपलव्ध छ ।

एप्लिकेशन डेभलपरको अफिसियल वेभसाइटमा उल्लेख गरिएअनुसार यो एप्लिकेशनले पहिला पुरुषको हाइट, औलाको लम्बाई र सक्स्युअल इन्ट्रेस्टका विषयमा प्रश्न सोध्न गर्दछ । सबै प्रश्नको उत्तर दिदैगएपछि एप्लिकेशनले लिङ्गको लम्बाई बताउने गर्दछ ।

एप्लिकेशन निर्माणकर्ताको वेभसाइटका अनुसार यो एप्लिकेशन मात्र मनोरञ्जनका लागि बनाइएको हो । यो एप्लिकेशन निर्माण गर्नेडा. क्रिस कलिगनका अनुसार अधिकांश पुरुष आफ्नो लिङ्गको साइजका विषयमा तनावमा रहन्छन् । अमेरिकन वेभसाइट डेली न्युजसँग उनले भने–यद्यपि कुनै पनि यस्तो शोध भएको छैन, जसबाट लिङ्गको साइजका विषयमा थाहा हुन सकोस् । त्यसैले यो एप्लिकेशनले पुरुषमा रहेको भ्रम हटाउन सहयोग गर्नेछ ।

डा. क्रिस भन्छन् पिन्सिलको लम्बाईले अर्थ राख्दैन कि तपाईले आफ्नो नाम कसरी लेख्नुहुनेछ । यो एप्लिकेशनले पनि यौनसुखका लागि लिङ्गको साइले केही फरक पार्दैन भन्ने बताउनेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..