इटालीमा कोभिड–१९ को कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

इटालीमा कोभिड–१९ को कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो 1

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ ।

इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको सङ्ख्या १० हजार २३ पुगेको छ ।

हिजो इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै समग्र सङ्क्रमितको सङ्ख्या पनि ९२ हजार कटेको छ ।

उनीहरूमध्ये १२ हजार निको भएर फर्किसकेका छन् । अहिले ७० हजार मानिस उपचाररत छन् । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या ६ लाख ४२ हजार कटिसकेको छ भने मृत्यु हुनेको सङ्ख्या करिब ३० हजार पुगेको छ । अमेरिकामा मात्रै १ लाख ११ हजार पुगेको छ ।

यसैबीच कोरोना भाइरस (कोभिड(१९) बाट स्पेनमा एक राजपरिवारका सदस्यको मृत्यु भएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..