गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय

गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय 1

काठमाडौं । प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि वीरगञ्ज महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ ।

यसका लागि प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..