एमाले–माओवादी पार्टी एकता प्रधानमन्त्री भारतबाट फर्केपछि मात्र

काठमाडौ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भमणबाट फर्के लगत्तै टुंगो लगाइने भएको छ ।

एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बिहीबार बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुंगो लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि आवश्यक सुझाव दिन गठित दुई कार्य दलको प्रतिवेदनमाथि छलफल सुरु गर्दै पार्टी एकतासम्बन्धि दुवै दलले आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको छ ।

दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

पार्टी एकताको अन्तिम गृहकार्य गर्न गठित राजनीतिक प्रतिवेदनसम्बन्धि कार्य दल र विधानसहितको सांगठनिक कार्य दलले बुझाएको प्रतिवेदनमाथि पार्टी एकता संयोजन समितिले विहिबारबाट छलफल सुरु गरेको हो । प्रतिवेदनमा एकीकृत पार्टीको चुनाव चिन्ह, जनयुद्धलाई स्विकार गर्नेकि नगर्ने तथा पार्टी एकता कुन अनुपातमा गर्ने भन्ने विषयमा सहमति जुटन सकेको छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..