कुन्तादेवीमा नयाँ मान्छे र सवारीलाई प्रवेश निषेध

कुन्तादेवीमा नयाँ मान्छे र सवारीलाई प्रवेश निषेध 1

ओखलढुङगा । ओखलढुंगाको कुन्तादेवीका स्थानीयले कोरोना भाइरस रोकथामका लागि भन्दै गाउँमा नयाँ मान्छे र सवारी आवागनमा रोक लगाएका छन् ।

मोलुङ गाउँपालिका १ का स्थानीय युवाहरुले गाउँ प्रवेश गर्ने सडकमा बाँसको बार लगाएर सबैखाले सवारी र नयाँ मान्छेको प्रवेशमा रोक लगाएका हुन् ।

बाहिरबाट आउने मानिसको आवतजावत बढी हुने क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाईएको स्थानीय युवा कमल बानीयाँले बताउनुभयो । उहाँका अनुसार ओखलढुङ्गा रामपुर सडक खण्डको कुन्तादेवी स्थित जिरो पोईन्टमा गेट निर्माण गरि कुन्तादेवी हुदै सुनकोशी १० कटुञ्जे तर्फ जाने सवारी साधनलाई प्रबेश निषेध गरिएको हो ।

‘बाहिरबाट आउने मान्छेका कारण गाउँ जोखिममा परेकाले सडक नै अवरुद्ध गरेका छौं । सरकारले लकडाउन गरेका बेला हामीले पनि हाम्रो सुरक्षाका लागि यो विद्यी अपनायौं ।’ बानीयाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश अचार्यले सतर्कताका लागि अपनाईएको विकल्प यो बेला ठिक भएपनि अत्यावश्यकीय सवारी साधनलाई नरोक्न सुझाव दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..