कोरोनाको आशंकामा बाजुरामा १ जनालाई आइसोलेशनमा राखियो

कोरोनाको आशंकामा बाजुरामा १ जनालाई आइसोलेशनमा राखियो 1

बाजुरा । कोरोना भाइरस कोभिड १९ को आशंकामा एक जनालाई जिल्ला अस्पताल बाजुराको आइसोलेशन कक्षमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमणसँग सामान्य लक्षण मिल्ने १६ वर्षका व्यक्तिलाई आइसोलेशन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनुभएको छ । एक हप्तादेखि क्वारेन्टाइनमा बस्दै आएका उनलाई दिउँसो ४ बजजेपछि आइशोलनमा राखिएको हो ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पठाएको उपचार सामाग्री बाजुरा आईपुगेको छ । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य उपचारमा प्रयोग हुने सामाग्री बाजुरा आईपुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

प्रदेश सरकारले बाजुराका लागि भनेर गन थर्मा मिटर १ थान, माक्स ४ हजार, एन नाइन फाइभ, माक्स २० थान, सर्जिकल पञ्जा १५ सय थान, गाउन ६० थान आएको कार्यालय प्रमुख समेत रहेका पन्तले बताउनुभयो । बाजुराका नौ वटै स्थानीय तह, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा पठाउने गरि सामाग्री आएको हो । सीमित मात्रामा आएकोले वितरणमा असहज भएको कार्यालयले बताएको छ । माग अनुसार नआएकोले उपलब्ध सामाग्रीलाई सबै स्थानीय तह जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई बाँड्ने तयारी कार्यालयले गरेको छ ।

यसैबीच खप्तड छेडेदह गाउँपालिका ३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । सातादिन देखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सय बढी परिवारका सदस्य विरामी परेका छन् । घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण विरामी परेको पत्रकार शेरबहादुर सार्कीले बताउनुभयो ।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंगटा लाग्ने, खानमन नलाग्ने र शरिर थकीत हुने जस्ता लक्षण देखिएको स्वास्थ्य कर्मी गणेश रावतले बताएका छन् । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने समेत गाउँमा मान्छे भेटिन छोडेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..