एसिया प्रशान्त क्षेत्रमा कोभिड–१९ को महामारी अझै सकिएको छैनः विश्व स्वास्थ्य संगठन

एसिया प्रशान्त क्षेत्रमा कोभिड–१९ को महामारी अझै सकिएको छैनः विश्व स्वास्थ्य संगठन 1

काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गर्दै चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । तर एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताउनुभयो ।

यसैबीच, कोरोनाभाइरसको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै २ करोड ४० लाख मानिसलाई गरिबीको रेखामुनि नै रोक्ने भएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक अनुसार सबै देशमा कोरोनाभाइरसको सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले उल्लेख्य आर्थिक प्रभाव पर्ने छ ।

विश्व बैंकले सबैभन्दा बढी जोखिममा भाइरसको प्रभावको असर देखिने उद्योगमा आश्रित परिवारहरू रहेको उल्लेख गरेको छ । थाइल्याण्ड र प्यासिफिक आइल्याण्डको पर्यटन क्षेत्रमा प्रभाव पनि पर्ने छ भने भियतनाम र कम्बोडियाको उत्पादनमूलक उद्योगहरू प्रभावित हुने अध्ययनमा भनिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..