लुगा छोटो भो कि नियत खोटो ? बलात्कारको विरोध गर्दै रञ्जु दर्शना पनि सडकमा

काठमाडौ । देशमा पछिल्लो समय बलात्कार र महिला हिंसाका घटना बढ्दो छ। दिनहुँ वृद्धादेखि साना शिशु अवस्थाका बालबालिकाहरु समेत बलात्कृत भइरहेका छन् । तर, सरकार मुकदर्शक बनेर बसेको छ।

यसरी दिनहुँ बलात्कारका घटना बढेपछि नागरिकहरु विरोधमा उत्रिएका छन् । काठमाडौ महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएर सम्मानजनक मतसहित चर्चामा रहेकी रञ्जु दर्शनामा पनि विरोधमा सडकमा उत्रिएकी छन् ।

बलात्कार तथा यौन हिंसालाई नियन्त्रणमा लिन बलात्कार विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने भन्दै काठमाडौमा प्रदर्शन गरिएको छ ।


महिला अधिकारका लागि काम गर्ने वातावरण जिउने आधार नामक संस्थाको अगुवाईमा माइतीघरमा प्रदर्शन गर्दे अधिकारकर्मीले महिला हिंसाको न्युनिकरण तथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने जनाएका हुन् ।

मुलुकभर महिला हिंसाका घटना निरन्तर रुपमा बढ्दै गएपनि राज्य तवरबाट कुनै कदम नचालिएको भन्दै प्रर्दशनमा सहभागीहरुले विरोध समेत जनाएका छन् ।

यो पनि पढ्नुस्

पत्याउन पनि गाह्रो ! ८ महिने छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मुलुकको राजधानीमा नै वलात्कारको घटनाको संख्या बढेको भन्दै अन्य स्थानमा यसको अबस्था अकल्पनीय रुपमा रहेको उनीहको भनाई छ । बलात्कार तथा यौन हिंसामा पीडितलाई न्यायिक उपचार दिन सरकार चूकेको आरोप पनि उनीहरुले लगाएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..