चार जनालाई नइ पुरस्कार

नेपाली भाषाको श्रीवृद्धिका निम्ति जागरूक हुँदै आधुनिक गीतिरचनाका माध्यमबाट जनमन छुन सफल श्री विश्ववल्लभलाई ‘नइ कोेइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदानका निम्ति तेस्रोलिङ्गी श्री आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

साथै सरोद बाजाको प्रवर्धन, सम्वर्धन र संरक्षण हेतु सदैव क्रियाशील प्रथम नारी सरोद वादक श्रीमती रुपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी तीनैैै पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् ।

यसै गरी सानै उमेरदेखि सञ्चारमाध्यमहरूमा आफ्नो बौद्धिक क्षमता, सीप र कौशल प्रस्तुत गर्नका अतिरिक्त गायन र पठनपाठनमा समेत प्रखर डा.परिधी शर्मालाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उहाँको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..