यस्ता छन् माया व्यक्त गर्ने विचित्रका तरिकाहरु

विश्वमा फरक धर्म, फरक जाति, समुदाय र क्षेत्रमा आआफ्नै खाले संस्कृति छन् । कति एकअर्कासँग मिल्दाजुल्दा छन् भने कतिपय एकअर्काको विपरीत पनि छन् । यस्तै प्रेम प्रकट गर्ने संस्कृति पनि फरकफरक छ । केही तरिका त यस्ता पनि जुन विचित्रको लाग्न सक्छ ।

सेक्ससँग समस्या छैन

१० प्रतिशत मानिसहरु मान्दछन् कि पहिलो डेटमा सेक्स गर्नु हुनै अपराध होइन । त्यसो त संसारमा औषतः ३ देखि ४ डेटमा प्रेमीहरु यो अवस्थासम्म पुग्ने गर्दछन् । यो अध्ययन संसारभरका ११,००० मानिसमा गरिएको हो ।

चुम्बनको रेकर्ड

संसारमा सबैभन्दा लामो चुम्बन ५६ घण्टा, ३५ मिनेट ५८ सेकेन्डको छ । थाइल्याण्डमा एकाचाई तिरानारात र लकसानाले करिब अढाई दिन एकअर्कालाई चुम्बन गरेर विश्व रेकर्ड बनाएका हुन् । यसका लागि उनीहरुलाई पुरस्कारका रुपमा दुई वटा हिराको औंठी र नगद राशी दिइएको थियो ।

अन्तिम सिट

प्रागको सरकारी रेल कम्पनी हरेक डिब्बाको अन्तिम सिट महिला र पुरुषका लागि छोड्न चाहन्छ । यसको उद्देश्य त्यो सिटमा बस्ने व्यक्तिले आफू साथीको खोजीमा रहेको भाव प्रकट गर्न सकोस भन्ने हो ।

स्याउ र प्रेम

अस्ट्रियाका गाउँमा एउटा परम्परागत नृत्यका क्रममा युवतीहरु स्याउको टुक्रा आफ्नो शरीरमा दबाएर राख्ने गर्दछन् । जुन पुरुष मन पर्छ उक्त स्याउको टुक्रा सोही पुरुषलाई दिने चलन छ। यदि पुरुषले स्याउ खायो भने यसको अर्थ हो प्रेमको गाडी स्टार्ट भयो ।

क्रिसमस

पश्चिमी मुलुकहरुमा यदि प्रेमिप्रेमिका एकअर्कालाई क्रिसमसका क्रममा घर बोलाए भने ठान्नुस् कि सम्बन्धप्रति गम्भीर छन् । आश्चर्यको कुरा त अधिकांश ब्रेकअप पनि क्रिसमसभन्दा दुई साताअघि मात्र हुने गर्दछ ।

प्रविधि बन्यो साक्षी

डाटा वैज्ञानिक एलिस झाओ प्रेम विवाह गरिसकेका श्रीमान श्रीमतीलाई पठाइने सन्देशमाथि अध्ययन गर्दछन् । म्यासेज पहिला ‘लभ’, ‘गुड नाइट’ बाट सुरु हुन्छ र फेरि हे, होम, ओके, अँसम्म सीमित हुने गर्दछ ।

सुसेली गर्नु

म्याक्सिकोको किकापु समुदायका महिलालाई रिझाउनका लागि सुसुर्ले बजाउने चलन छ। यो समुदायका मानिस सुसेलीबाटै कुरा गर्दछन् । उनीहरु योजना पनि यसैमाध्यमबाट योजनाहरु पनि बनाउने गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..