चंखेकी चलाख स्वास्नी (Joke)

चंखेकी स्वास्नी खुसी हुँदै परबाट पाँच सयको नोट हल्लाउँदै चंखेतिर मुसुमुसु हाँस्दै आई । कहिल्यै आफ्नी स्वास्नीको हातमा पाँच सयको नोट नदेखेको चंखेलाई आज देखेर अचम्म लाग्यो । उसले शंकालु नजरले स्वास्नीलाई सोध्यो–हैन, ए बुढी, तैँले यो पान्सेको नोट काँट ल्याइस् ?
‘मैले कमार ल्याकी नि बुडा, स्वास्नीचैँले बडा’ फुर्तिका साथ भनी ।

‘क्यारी कमाइस तैँले यो पैसो ?’ चंखेले मूख चच्चो पारेर भन्यो ।

‘क्यारी हुनु नि, माइलोकाजीले लु कान्छी यो रुखाँ चडिस भने तँलाई म पान्से दिन्छु भने । अनि मैले यो जाबो रुखाँ को चड्न सक्दैन र कस्ताकस्ताँ त चडेँ भनेर चडेँ ।’ उसले गर्वका साथ भनी ।

‘भनेसी तैँले यो पैसो रुखाँ चडेर कमाकी ?’ चंखेले कम्मरमा हात लाएर मुन्टो हल्लाउँदै भन्यो ।

‘अनि के त, तिमी भा भे त्यो रुखाँ चड्न सक्थेनौ होला ? मूइले त आइमाई मुन्छे तर पनि त्यत्रो डर्लाउँदो रुखाँ चडेर पैसै कमाएँ ।’ स्वास्नीले धाक लगाई ।

‘थुइअ लाटी, माइलोकाजीले तेरो कट्टु हेर्न खोजेथ्यो । लाटी देखाइस हैन ?’ चंखेले मुखभरिको थुक स्वास्नीको जिउमा बर्सायो ।
स्वास्नीले बठ्याई देखाउँदै भनी ‘अँ तपैँ पनि । मलाई था थ्यो तो काजीले मेरो कट्टु हेर्न खोजिरच भनेर….।’

‘अनि क्यार्न चडिस् त रुखाँ फेरि ?’ चंखेले रन्किदै भन्यो ।

स्वास्नी पनि जंगिई–‘म तेती लाटी काँ छु र ? म नि कट्टु नलाई फरिया मत्रै लार रुखाँ चडेँ, काजी त उँभो फर्केर हेरेको हे-यै भए । मेरो कट्टु नै देखेनन् क्यारे, छक्क परेर ट्वाल्ल भएका थिए, मुख वाँ पारेर बस्या थे ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..