‘तिम्री श्रीमतीले यस्तो जोक सुनाइन् कि म हाँस्दाहाँसदै पलङबाटै खसेँ’

चुट्किला मन खुसी पार्ने एउटा माध्यम हो । चुट्किला देश, परिवेशअनुसार आआफ्नै खाले हुन्छन् । अझ महिला, पुरुष, वृद्धवृद्धा र बालबालिकाका लागि पनि चुट्किला आआफ्नै प्रकारका हुन्छन् । चुट्किला देशदेशबीच पनि हुन्छ । विश्वमा यस्ता छन् चुट्किलाहरुः

स्लोभाकिया–चेक रिपब्लिकन

एक जना चेक व्यक्तिलाई खुस रहन के चाहिएला ? धेरै केही पनि होइन, बस अरुसँग भन्दा कम वस्तु ।

पोर्चुगल–स्पेन

एक स्पेनिश बालक आफ्नो पितासँगः म ठुलो भएर तपाईजस्तै बन्न चाहन्छु ।

पिताः साह्रै राम्रो, तर मजस्तै नै किन ?

बालकः किनभने जस्तो छोरा तपाईले पाउनुभयो, त्यस्तै मलाई पनि प्राप्त होस् ।

ब्रिटेन–स्कटल्याण्ड

ब्रिटिशः पार्टी गर्छन्, म वियर ल्याउनेछु ।

आइरिसः म पनि ६ कार्टुन वियर ल्याउनुछु ।

स्कटः म ६ जना साथी ल्याउनेछु ।

आइरल्याण्ड–ब्रिटेन

ब्रिटिशहरुका लागि रोमाञ्चको के अर्थ होला ? अफ्टर–८, ड्रिंक, साढे सात बजे पिउनु ।

जर्मनीमाथि पोलिस जोक

जर्मन खाना र जर्मन फुटबल एकैजस्तो छ । त्यसमा पोल्याण्डको कुरा हालिएन भने फिका हुन्छन् ।

अस्ट्रिया–जर्मनी

जर्मन र अस्ट्रियनहरुमा मुख्य फरक यति छ कि जर्मन अस्ट्रियनलाई बुझ्ने कोशिस गर्छन् तर, बुझ्न सक्दैनन् । अस्ट्रियन जर्मनहरुलाई बुझ्न सक्छन् तर बुझ्न आउँदैन ।

स्वीडेन–डेनमार्क

स्वीडेनबाट आउने सबैभन्दा राम्रो कुरा के होला ?

डेनिसः खाली डुंगा ।

फ्रान्सको पहिचान चिन्ह किन कुखुरा छ ? किनभने घाँटीसम्म हिलोमा बसेपछि कुखुराले गाउन सक्छ ।

आफैप्रति हाँस्छन् इटालियन

युरोपमा इटालियनहरु मात्र स्वयमप्रति चुट्किला बनाउन जान्दछन् ।

एक जना मित्र अर्का मित्रसँगः तिम्री श्रीमतीले यति शानदार चुट्किला सुनाइन् कि म त हाँस्दाहाँस्दै ओछ्यानबाटे तल खसेँ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..