वैवाहिक जीवनको यो खतरनाक सत्य बेलैमा थाहा पाउनुस्

हालै गरिएको एउटा ताजा शोधमा महिलाहरु वैवाहिक जीवनमा तनावबाट बढी दुःखी र तनावग्रस्त रहने गरेको खुलासा भएको छ।

पुरुषमा भने यस्तो कमै देख्ने गरिएको शोधकर्ताहरुले बताएका छन् । शोधका अनुसार महिला र पुरुषमा भावनात्मक प्रतिक्रिया अलग अलग हुने गर्दछ । पुरुष वैवाहिक जीवनका बारेमा धेरै कुरा गर्दैनन् न त यस विषयमा सोच्न बढी समय नै खर्च गर्दछन् ।

पुरुष आफ्नो भावना बढी व्यक्त गर्दैनन् । तर महिलाहरु आफ्नो दुःख र चिन्ता व्यक्त गर्न चाहन्छन् । औषतः ३९ वर्षको वैवाहिक जीवन बिताइसकेका ७२२ जोडीमा गरिएको अध्ययनबाट यो खुलासा भएको हो । अध्ययनमा विवाहित जीवनको अनुभव र साथीको व्यवहारले उनीहरुलाई यसप्रकारले प्रभावित पारेको र यसमा ध्यान दिइएको थियो ।

अध्ययनकर्ताहरुका अनुसार आफ्ना साथीबाट समर्थन पाएपछि महिलाहरुले खुसी व्यक्त गरे । उनीहरु सन्तुष्ट पनि देखिए । पुरुषहरुले आफ्नो वैवाहिक जीवनलाई बढी सफल बताए । उनीहरुले समर्थन लिने र दिने दुवै स्थितिमा उनीहरुमा तनाव महशुस हुने गरेको बताए ।

शोध जर्नल अफ जेरन्टोलजीमा प्रकाशित छ । युनिभर्सिटी अफ विस्कसिन मेडिसनका शोधकर्ताहरुका अनुसार जसको वैवाहिक जीवनमा तनाव छ, उनीहरु जीवनमा सकारात्मक कुराको अनुभव गर्न सक्दैनने् । यसबाट डिप्रेशन पनि हुन सक्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..