मुख र खुट्टामा बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ । टोखा नगरपालिका–९ मिलन टोल स्थित भुमेश्वरी गेष्ट हाउसमा नाम,थर,वतन खुल्न नसकेकी अन्दाजी २२ बर्षीया महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेको छ ।

उक्त गेष्ट हाउमा बिहीबार आगन्तुक पुस्तिकामा दाङ घोराही नगरपालिका–१ बस्ने २६ बर्षीय विकास वली भनी नाम,थर, वतन टिपाएका व्यक्ति सँग आएकी ती महिला गेष्ट हाउसको २ सय ३ नम्वर कोठा बुकिङ गरी बसेकोमा शुक्रबार गेष्ट हाउस संचालक बिल लिएर जाँदा कोठाभित्र मुख र खुट्टामा रूमालले बाधेको अबस्थामा मृत अबस्थामा फेला परेकी थिइन् ।

फरार भएका वलीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..