यस्तो रहेछ सय दिनभित्र गरिक्ने खेलकुदमन्त्रीको काम

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको सय दिन भित्र सम्पन्न गर्ने गरी ३७ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जतग बहादुर विश्वकर्माले उक्त कार्यक्रम बुँदागत रुपमा सार्वजनिक गर्नुभएको हो । कार्ययोजनामा खेलकुदका लागि भौतिक पूर्वाधारदेखि क्रिकेट संघको विवाद समाधान गर्नेसम्मको सूची समावेश छ । यस्तै युथ भिजन २०१५ लगायत युवा स्वरोजगार कार्यक्रमहरु पनि समेटिएको छ ।

मन्त्री विश्वकर्माले समयअवधी छोटो भएपनि वर्तमान सरकार गठन भएको सय दिनभित्र काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सार्वजनिक बुँदामा १३ औँ सागको लागि भौतिक पूर्वाधारको स्तर उन्नती गर्ने, आवश्यक रंगशाला, कभर्ड हल लगायत पूर्वाधार समयै बनाउने उल्लेख छ ।

तर मन्त्री विश्कर्माले नेपालमै अर्को वर्ष आयोजना हुन लागेको १३औँ दषिण एसियाली खेलकुद सबैभन्दा संवेशदनशिल विषषय भएको बताउनुभएको छ । उहाले आगामी बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागी उत्कृष्ट कार्यक्रम ल्याउने बताउनुभयो ।

यसैगरी अन्तराष्ट्रिय स्तरमा पदक जित्ने नेपाली खेलाडीलाई सरकारी सेवामा छुटको व्यवस्था गर्नको लागि अध्ययन गर्दै यसअघि भएको व्यवस्थालाई कायम राख्ने उहाले बताउनुभयो । मन्त्री विकले क्रिकेट संघको विवाद चाँडो भन्दा चाँडो समाधान गर्न पहल गर्ने बताउनुभयो ।

मन्त्रीले सार्वजनिक गरेको क्रियाकलापमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहनेगरी मन्त्रालयअन्तर्गत रहेका संघ(संस्थाहरुको पूनससंरचना गर्ने, ऐन निर्माण तथा संसोधन गर्ने , राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जन गर्ने विषय उल्लेख छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..