
स्वास्थ्यसम्बन्धी धेरै रोगको संकेत पिसावबाट मिल्ने गर्दछ । पिसावको रङ्ग, गन्ध र त्यसको प्रक्रियाबाट शरीरमा के भइरहेको छ भन्ने कुराको संकेत प्राप्त हुने गर्दछ । त्यस्ता कुरामा ध्यान दिएर बेलैमा उपचार गर्दा धेरै रोगबाट बच्न पनि सकिन्छ ।
गुलियो गन्ध
योसँग तपाईको गुलियो खानेबानीसँग कुनै सम्बन्ध छैन । मधुमेह विशेषज्ञ डाक्टर हाली फिलिप्सका अनुसार ‘गुलियो गन्ध छोड्ने पिसा अक्सर मधुमेहको पहिचानमा महत्वपूर्ण हुन्छ ।’ रगतमा चिनीको मात्रा ठिक नभए पिसावमा यस्तो गन्ध आउने गर्दछ ।
पारदर्शी नहुनु
यो युरिनरी ट्रैक्ट इन्फेक्शनको संकेत हुन सक्दछ । असामान्य रङ्ग ब्याक्टेरिया र श्वेत रङ्ग कोशिकाहरुमा चलिरहेको हुनसक्छ कि तपाईलाई युरिनरी ट्रेक्ट इन्फेक्शन भएको छ। तपाई स्वस्थ महशुस गरिरहनु भएको छ तैपनि पिसावको रङ्गमा हुने परिवर्तनलाई नजरअन्दाज नगर्नुस् ।
पिसाव रातो हुनु
सामान्यतः धेरै खरबुजा वा रातो रङ्गको अन्य फलफूल खाँदा पनि यस्तो हुन्छ । तर रातो निकै बढी छ भने ध्यान दिन जरुरी छ । पिसामा रगत पनि हुन सक्दछ । यो युरिनरी ट्रैक्स इन्फेक्शन, किड्नीमा पत्थरी वा क्यान्सरको संकेत पनि हुन सक्दछ ।
बढी नै दुगन्धित
पिसामा सामान्यतः दुर्गन्ध आउँछ नै । तर यदि दुर्गन्ध निकै बढी छ र सडेको खानेकुरा जस्तो छ भने मुत्राशयमा संक्रमणको संकेत पनि हुन सक्छ ।
पिसाव फेर्दा जलन महशुस
कतिपयलाई लाग्ने गर्दछ कि यस्तो बढी खुर्सानी खाएका कारण भएको हो । आम रुपमा यस्तो शरीरमा पानीको कमीका कारण हुने गर्दछ । तर, पर्याप्त पानी पिउँदा पनि पिसा गर्दा जलन महशुस कायम रहेको खण्डमा भने यो संक्रमणको संकेत पनि हुन सक्दछ ।
पिसाव फेर्न समस्या
यो युरिनरी ट्रैक्ट इन्फेक्शनको संकेत हो । यसको सबैभन्दा सामान्य संकेत हरेक पटक पिसाव गर्दा जलन हुनु हो । पिसाव रोकिँदै वा पटकपटक गर्ने इच्छा हुनु, ६० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेट बढ्दा पनि यस्तो हुने गर्दछ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
पटकपटक पिसाव लाग्नु
महिलाहरुमा यो गर्भधारणको सुरुवाती संकेत हो । हार्मोनमा परिवर्तन हुने भएकाले मृगौलामा रक्त प्रवाह बढ्दछ । धेरै कफी र अल्कोहल पिउँदा पनि यस्तो हुने गर्दछ । यदि लामो समयसम्म हरेक दिन कयौपटक पिसाव लाग्ने गरेको खण्डमा चिकित्सकसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ । यो मधुमेह वा ट्युमरको संकेत पनि हुन सक्दछ । एजेन्सी